ब्राजिलमा विमान दुर्घटनामा १२ को मृत्यु

<span class='c1'>ब्राजिलमा विमान दुर्घटनामा</span> <span class='c2'>१२ को मृत्यु</span>

उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर राज्य सरकारले आइतबार बताएको छ ।

दुर्घटनामा विमान चालक र सहचालकसहित नौ वयस्क र एक शिशुसहित सबै १० यात्रुको दुःखद निधन भएको हो । अल जजिराका अनुसार मर्ने यात्रुहरूको राष्ट्रियता पत्ता लागेको छैन ।

यसैबीच अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिने घोषणा गरेका छन् ।

स्थानीय कम्पनी एआरटी ट्याक्सी एरेओले सञ्चालन गरेको उक्त विमान छिमेकी अमेजनस राज्यको एनविरा सहरतर्फ गइरहेको थियो ।

अल जजिराका अनुसार विमानमा आगो निस्कियो तथा पेरु र बोलिभियासँगको ब्राजिलको सीमा नजिक दुर्गम क्षेत्रमा जङ्गलमा आगो लाग्यो ।

दुई महिनाभन्दा पनि कम समयमा यो दोस्रो दुर्घटना हो । सेप्टेम्बर महिनामा अमेजनस राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्