आर्थिक

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित. . .


चार सय केभी क्षमताको दोस्रो ठूलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न

काठमाडौँ । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो चार केभी सबस्टेसन निर्माण �. . .


मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित म�. . .


दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले ब. . .


नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरा�. . .


नेपाल विद्युत प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्�. . .


दशैंको अवसर पारेर विराटनगर बसपार्कमा थपिए पाँच नयाँ बस

विराटनगर । दशैंको अवसर पारेर यातायात व्यवसायीले विराटनगर बसपार्कबाट छुट्ने गरी पाँच यात्रुवहाक बस भित्र्याएका छन् । पाँच कम्पनीका बसमध्ये एउटा नयाँ कम्पनी समेत रहेको छ । लामो दुरी अन्तर्गत काठमाण्डौं र बिरगञ्ज छुट्ने बस सुविधाजनक रहेका छन् । विराटनगर बस टर्मिनल परिसरबाट काठमाण्डौंका लागि तीन र बि. . .


माथिल्लो अरुणका लागि एक खर्ब तीस अर्ब सहुलियत ऋण दिन विश्व बैङ्क सकारात्मक

काठमाडौँ । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहनुभएका अर्थमन्त्रीसँग आज बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत�. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघकाले जनाएको छ। आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५५० र चाँदीको मूल्य १३ सय ४५ रुपैया. . .


नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७० करोड एक लाख �. . .


मिर्मिरे लघुवित्तको एफपीओ खुल्यो

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओमा आवेदन खुलाएको छ। एफपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ। कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ कित्ता एफपीओको निष्काशन तथा बिक्री खुला गरेको हो। एफपीओका लागि असोज ३० गतेसम्म आवेदन बुझाउन पाइनेछ। कम्प�. . .


नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर �. . .