जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको समाचारमा जनाइएको छ । त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरुले जानकार. . .
टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण बढेको अधिकारीहरुले जनाएका छन् ।अधिकारीहरुकाअनुसार यहाँ पछिल्लो समयमा मृत्यु दर पनि बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा यो सङ्क्रमण देखिएको छ । त्यसैगर. . .
डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ । दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहे�. . .
साओ पावलो । कतारमा हुने विश्वकप फुटबलमा चयन हुने ब्राजिल पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ । विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलिम्बयालाई १–० ले हराएर आफूलाई विश्वकपमा पुर्यायो । खेलको ७२ औँ मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक बन्यो । विश्वकप छन�. . .
बेलायतमा अझै पनि दैनिक झण्डै ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । योसँगै बेलायतमा क�. . .
इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भना. . .
जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार देश सङ्क्रमित सङ्ख्या विश्व २५१,५३३,९९९ अमेरिका ४६,७९२,०८१ भारत ३४,४०१,६७० ब्राजिल २१,९०९,२९८ बेलायत ९,४५१,८८४ रूस ८,८०४,२९७ टर्की ८,३१७,३९४ फ्रान्स ७,३४६,३१७ इरान �. . .
न्युयोर्क । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपु-याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको परिषदद्�. . .
दुबई (युएइ) । आइसीसी टि२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बिहिबार अस्ट्रेलियाविरुद्ध खेल्नेछ । चालू विश्वकपमा पाकिस्तान एक मात्र अपराजित टिम हो । क्रिकेटका अन्य दुई संरचना टेस्ट र एकदिवसीयमा दबदबा बनाइसकेको अस्ट्रेलियाले टि२० क्रिकेटमा भने सफलताको स्वाद चाखेको छै�. . .
लण्डन । नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गर्नुभएको छ । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आउनु भएकी मलालाले पाकिस्तानकै एक युवाकसँग विहे गर्नुभएको हो । उहाँले आफ्नो बैवाहिक कार्यक्रम भने सानो इस्लाम�. . .
भारतका कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । यो सङ्ख�. . .
मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ । मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकापसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो । त्यस दुर्घटनमा परी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसमा परेर तीन जना होन्डुरसका नागरिक घाइते भएका बताइएको छ । ती दुई भ. . .