अन्तराष्ट्रिय

अमेरिका जान इजरायलीले भिसा लिनु नपर्ने

इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म अमे�. . .


इन्धनको मूल्य वृद्धि रोक्न पुटिनको निर्देशन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया दिन सरकारसँग आग्रह गर्नुभएको छ । रूसी सरकारले गत हप्ता घरेलु बजारलाई ‘स्थिर’ बनाउन पेट्रोल र डिजेल इन्धनको निर्यातमा अस्थायी रूपमा प्रति�. . .


विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसद्मा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् । अन्ठान्नबे वर्षीय यारोस्लाभ हुन्कालाई ‘नायक’ भन्दै उनको प्रशंसा गरेपछि सभामुख एन्थोनी रोटाले मङ. . .


भारत र क्यानाडाबीच साझा आधार खोज्नुपर्ने क्यानडाका रक्षामन्त्रीको भनाइ

क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताउनुभएको छ । सीबीसी न्यूजमा आइतबार प्रसारित एक साक्षात्कारमा ब्लेयरले भन्नुभयो, “म वास्तवमा मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उ�. . .


म्यान्मारले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

म्यान्मारले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । यो कदमको उद्देश्य �. . .


लिबिया बाढी अपडेट : त्रिचालिस हजार विस्थापित

लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले बिहीबार जनाएको छ । “उत्तरपूर्वी लिबियामा बाढीबाट करिब ४३ हजार ५९ जना विस्थापित भएका छन्,” आईओएमले सार्वजनि. . .


क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा भिसा सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ । विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेज. . .


ईयूद्वारा टिकटकलाई करोडौँ यूरो जरिवाना

युरोपेली सङुघ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ । आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लङ्घनका लागि ३�. . .


लिबिया बाढी :एकै नगरमा एघार हजार तीन सय जनाको मृत्यु

लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी शहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् । डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार . . .


भारतको केरलामा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएपछि चेतावनी जारी

भारतको केरला राज्यमा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि चेतावनी जारी भएको छ । केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जले राज्यभर चेतावनी जारी गरेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । केरलामा सन् २०१८ यता अहिले चौथो पटक निपा भाइरस प्रकोप फैलिएकाे हाे । विश्व स्वास्थ्य सङ्गठनक�. . .


मोरक्को भूकम्प अपडेट : दुई हजार नौ सयभन्दा बढीको मृत्यु

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन् । पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक. . .


लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु

पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् । रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत�. . .