भारत र क्यानाडाबीच तनाव बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

<span class='c1'>भारत र क्यानाडाबीच तनाव बढ्दै,</span> <span class='c2'>दुवै देशले राजदूतहरू फिर्ता गरे</span>

एजेन्सी । भारत र क्यानाडाबीचको सम्बन्ध चिसिदै गएको छ । दुवै देशले एक अर्काका प्रमुख राजदूतहरूलाई देश निकाला गरेका छन् भने अन्य कूटनीतिक कर्मचारीहरूलाई पनि फिर्ता बोलाएका छन् ।

यो विवाद गत वर्ष क्यानाडामा भएको शिख अलगाववादी नेताको हत्या प्रकरणसँग सम्बन्धित छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले भारतीय एजेन्टहरू सो हत्यामा संलग्न भएको दाबी गरेपछि सम्बन्ध थप जटिल बनेको हो ।

क्यानाडाका प्रहरीहरूले भारतीय एजेन्टहरूलाई ‘हत्या, जबर्जस्ती असुली र हिंसात्मक गतिविधिहरू’मा संलग्न भएको आरोप लगाएका छन् र खालिस्तान आन्दोलनको समर्थन गर्नेहरूलाई निशाना बनाएको बताएका छन् । खालिस्तान आन्दोलनले भारतमा शिखहरूको लागि छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै आएको छ ।

भारतीय सरकारले यी आरोपहरूलाई ‘असम्भव’ भन्दै खण्डन गरेको छ । भारतको तर्फबाट जारी वक्तव्यमा टुडोले क्यानाडाको ठूलो शिख समुदायलाई आकर्षित गर्न राजनीतिक फाइदाका लागि यस्तो आरोप लगाएको आरोप लगाइएको छ ।

भारतको विदेश मन्त्रालयले क्यानाडाका कार्यवाहक उच्चायुक्त स्टुअर्ट रोस व्हिलर सहित छ जना क्यानाडाली कूटनीतिज्ञलाई अक्टोबर १९ सम्म भारत छोड्न आदेश दिएको छ ।

दुई देशबीचको यो विवादले पारस्परिक सम्बन्धलाई थप बिगारेको छ र भारतले क्यानाडाको भिसा सेवा पनि निलम्बन गरेको छ । यसैबीच, क्यानाडाली सरकारको तर्फबाट टुडोले भने, ‘यो प्रमाणलाई बेवास्ता गर्न सकिँदैन । यो घटनाले क्यानाडाको राष्ट्रिय सुरक्षा र सार्वभौमिकतालाई खतरामा पारेको छ, त्यसैले हामीले यो कदम चालेका हौं ।’

दुई देशबीचको सम्बन्धलाई सुधार गर्ने कुनै संकेत हालसम्म देखिएको छैन । क्यानाडामा विश्वकै सबैभन्दा ठूलो शिख समुदाय रहेको र भारतको लागि यो मुद्दा निकै संवेदनशील बनेको छ ।

दुवै देशका अधिकारीहरूले यो समस्या समाधानको उपाय खोज्न आवश्यक भएको बताएका छन्, तर तत्काल समाधानको कुनै संकेत देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्