अन्तराष्ट्रिय

चीन भूकम्प : मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो

चीन । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ । भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीह�. . .


भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सयभन्दा बढीको मृत्यु

सोमबार राति गएको भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सयभन्दा बढीको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नज. . .


सन् २०२४ मा सात वटा अन्तरमहादेशीय मिसाईल प्रक्षेपण गर्ने योजनामा रूस

रूसले सन् २०२४ मा सातवटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनितिक योजना बनाएको रूसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टीनेन्ट जनरल सर्गेई काराकायेभले शुक्रबार बताउनुभएको छ । रुसबाट प्रकाशित रेड स्टारसँगको अन्तरवार्तामा काराकायेभले पछिल्लो पाँच बर्षमा रूसी सेनाले प्ररीक्षण तथा तालिमका �. . .


रूसको चुनावमा हस्तक्षेप गर्नेलाई कडा सजाय दिने पुटिनको प्रतिबद्धता

आगामी वर्षको निर्वाचनमा विदेशी हस्तक्षेप भएमा यसको विरूद्धमा रूसले ‘कठोर’ कदम लिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । उहाँले विपक्षी नेताहले विदेशमा रहेर आफुविरूद्ध निर्वाचन अभियान चलाउनसक्ने सम्भावनालाई सङ्केत गर्दै विदेशमा बसी स्वदेशी अभियानलाई प्रभावित पार्न खोज्ने जोकोही पन�. . .


श्रीलङ्काद्वारा नयाँ क्रिकेट छनोटकर्ता नियुक्त

श्रीलङ्का क्रिकेट बोर्डले हालै बर्खास्त गरिएका सदस्यहरूको पुनरबहाली गरेको एक दिनपछि बुधबार नयाँ छनोटकर्ताहरूलाई नियुक्त गरेको छ । बोर्डले पूर्वअन्तर्राष्ट्रिय खेलाडी उपुल थरङ्गालाई दुई वर्षका लागि पाँच सदस्यीय छनोट समितिको प्रमुखमा नियुक्त गरेको छ । श्रीलङ्का क्रिकेट बोर्डले एक विज्ञप्तिमा �. . .


कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको छ । हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले दे�. . .


इजरायली विशेष हेलिकप्टरद्वारा गाजाबाट ६०० भन्दा बढी घाइतेको उद्धार

इजरायल डिफेन्स फोर्सले गाजामा 'आइरन स्वर्ड्स युद्ध' शुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ । आइतबारदेखि घाइते सैनिकहरूको विवरण आफ्नो वेबसाइटमा अपडेट गरिने पनि सेनाले जनाएको छ। सेनाको . . .


इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा

इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि 'डिफेन्स फोर्स आर्टीलरी' गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ । पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२ औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् । तोपखाना परिचालित क. . .


अमेरिकामा गोली आक्रमण : ३ जनाको मृत्यु, १ घाइते

संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भे. . .


सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गर्नुभएको छ । यसबाट उहाँलाई सत्तामा उहाँको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ । एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्नुभएको छ । उहाँले चारवट. . .


दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प

दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ । युएसजिएसले प्रारम्भमा सात दशमलव तीन म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो तर तुरुन्तै आफ्नो भनाइला. . .


चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् । राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो । सेन्टरका निर्. . .