अन्तराष्ट्रिय खबर

हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ । सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए । ती सबै जन. . .


सुडानको जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १०५ भन्दा बढी

सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु हुनुका साथै २९१ जना घाइते भएका राज्यका स्वास्थ्य मन्त्रीले बुधबार बताएका छन् । जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानास्थित सुडानी भूमिमा लडाइँ हुँदा दर्जनौँ मानिसले ज्यान गुमाएका ह�. . .


पाकिस्तानमा कोरोनाबाट सात जनाको मृत्यु

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय५२ जनाको मृत्यु भएको छ । तीमध्ये मङ्गलबार थप सात जनाको मृत्यु भएको हो । हाल प�. . .


गर्मीका कारण बेलायतमा रेलसेवा अवरूद्ध

तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केही बेरको वर्षाले शीतल गरायो । जङ. . .


कोरियामा कोरोना सङ्क्रमण बढ्यो

दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रम�. . .


श्रीलङ्काका नयाँ राष्ट्रपति निर्वाचित

देशको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घे निर्वाचित भएका छन् । संसद्मा आज भएको राष्ट्रपतीय निर्वाचनमा एकसय ३४ मतका साथ उनी विजयी भएका हुन् । सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिङ्घेका मुख्य प्रतिद्वन्द्वी एसएलपिपीका सांसद दुल्लस अलाह. . .


१९ औं एसियाली खेलकुद सेप्टेम्बर २०२३ देखि

विराटनगर । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले चीनको हाङ्झोउमा हुने १९ औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ । ओसिएले सेप्टेम्बर २०२३ को २३ तारिखदेखि ८ अक्टोबरसम्म १९ औं एसियाली खेलकुद प्रतियोगिता हुने जनाएको हो । यसअघि सेप्टेम्बर २०२२ को १० देखि २५ तारिखसम्म आयोजना गर्ने योजना रहेको खेल कोभिड �. . .


साइप्रसका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेस कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सरकारका प्रवक्ता मारियोस पेलेकानोसले मङ्गलबार राष्ट्रपति सङ्क्रमित भएको पुष्टि गर्नुभएको हो । नियमित स्वास्थ्य परीक्षण गर्दा उहाँलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । अहिले ७५ वर्ष हुनुभ�. . .


चीन–पाकिस्तान आर्थिक करिडोर अफगानिस्तानसम्म विस्तार गर्ने योजना

चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) लाई अफगानिस्तानसम्म विस्तार गर्ने बारेमा पाकिस्तान र चीनले विचारविमर्श थालेका छन् । पाकिस्तानका विदेश सचिव सोहेल महमूद र अफगानिस्तानका लागि चीनका विशेष दूत यु सियाओयोङबीचको भेटवार्तामा क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका साथै आर्थिक विकासका निम्ति सिपिइस�. . .


मलेसियामा कोरोना सङ्क्रमित बढ्दै, थप सात जनाको मृत्यु

मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै सो सङ्क्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएक�. . .


स्पेनमा तातो हावाबाट ५१० को मृत्यु

स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसमम तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ ।मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री स�. . .


भारतमा ‘मङ्कीपक्स’को दोस्रो विरामी भेटियो

भारतमा ‘मङ्कीपक्स’ को दोस्रो सङ्क्रमित व्यक्ति भेटिएको छ । दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन् । केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे शहरको नेशनल इन्स्टिच्युट. . .