देशको खबर

प्रम–ओली भेट : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उहाँहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ । भेटवार्तापछि प्रधानमन्त्री दाहाल�. . .


सुनको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सु�. . .


मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी . . .


चिकित्सक सङ्घमा डा कार्की निर्वाचित

काठमाडौं । नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिनुभयो । उहाँका निकटत प्रतिद्वन्द्वी डा सन्तो. . .


प्रदेश १ सरकारलाई हस्तान्तरण गरे न्यूनितम साझा कार्यक्रम के छन् प्राथमिकतामा ?

विराटनगर । प्रदेश १ मा न्यूनतम साझा कार्यक्रम कार्यदलले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सरकारमा सहभागी चार दलको तर्फबाट निर्माण भएको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले मंगलबार प्रदेश सरकारलाई बुझाएको हो । न्यूनतम साझा कार्यक्रम कार्यदलले सरकारलाई हस्तान्रतण गरेको प्रदेश १ क. . .


अहिलेको आवश्यकता राष्ट्रिय सहमति : अध्यक्ष राउत

कलैया । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताउनुभएको छ । बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताउनुभयो । उहाँले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभ�. . .


लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले कुनै पनि कारणले विज्ञापन रोक्न नमिल्ने र थारुलगायत पछाडि परेका वर्गका लागि आरक्षण दिनुपर्ने विषयमा आगामी आर्थिक वर्षमा . . .


प्रधानमन्त्रीको सम्बोधन समेटेर बन्यो एकीकृत कार्ययोजना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्बोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको टोलीले एकीकृत कार्ययोजना तयार प. . .


मधेस प्रदेश सरकारले पायो पूर्णता

जनकपुरधाम । मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मङ्गलबार नेकपा (माओवादी केन्द्र) का तर्फबाट मन्त्रिपरिषद्मा सहभागिता भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो । माओवादीको तर्फबाट पठाइएका एक मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मङ्गलबार दिउँसो पद तथा गोपनीयताको शपथग�. . .


मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले मन्त्रालयअन्तर्गतका आयोजनाको कामलाई प्रभावकारी बनाउन निर. . .


साफ यु–२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । ढाकामा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालका लागि अन्जली चन. . .


मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने

काठमाडौँ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रह गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को न. . .