देशको खबर

काठमाडौँ महानगरको अभियानमा नागरिकको साथ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१८ का मञ्जली शाक्यलाई कामपाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सुरु भएको अवैध संरचना भत्काउने काम सकारात्मक लागेको छ । शाक्य भन्नुहुन्छ, “यसलाई निरन्तरता दिनुपर्छ, सोहीअनुसारको संरचना कसैको भत्काउने कसैको नभत्काउने गरियो भने यसमा विमति जनाइन्छ अन्यथा सकारात्�. . .


जाडो छल्न फाट्टफुट्ट नेपाल आइपुगे पर्यटक चरा

बेलबारी । भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरुभएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष �. . .


अझै केही दिन वर्षा हुने

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । “आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ”, उहाँले भन्न. . .


प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिनुभयो । “भदौ २५ गते शनिब�. . .


दार्चुलामा बाढीले एकको मृत्यु

दार्चुला । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै छ जना बेपत्ता भएका छन् । एकको शव फेला प�. . .


महारानी एलिजाबेथको निधनमा नेपालमा तीन दिन शोक मनाइने

काठमाडौं । नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले नेपालभरक�. . .


दूधको उत्पादन बढाउन माग

काठमाडौं । डेरी उद्योग सङ्घले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ । अहिले बजारमा झन्डै एक लाख २० हजार लिटर दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो । यसअघि सरकारद्वारा गठित समितिले समेत बजारमा दूध. . .


जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना छ : अध्यक्ष प्रचण्ड

कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता, राष्ट्र र सामाजिक क्षेत्रको जीवनप्रति स्वास्थ्य क्षेत्र संवेदनशील रहेको बताउनुभएको छ । पार्टी निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आजदेखि पोखरामा सुरु भएको दुई दिने प्रथम राष्ट्रि�. . .


थप एक सय ५२ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय ५२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार दुई सय ९४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार एक सय ८६ जनाले पिसिआर र दुई हजार एक सय आठको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य त�. . .


काठमाडौँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नं ३–०२–००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रोकिराखेको बा प्र ०३–००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ । उक्त दुर्घटना�. . .


भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भन�. . .


जनताको सहभागिता नभएको विकास सफल हुन्न : मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । ललितपुर महानगर–२२, महर्जन समाजको २५औँ वार्षिक साधारणसभा आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसै�. . .