देशको खबर

सभापति देउवाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने आश्वासन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिनुभएको छ । आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवाल. . .


सरकार स्थिर र स्थायी : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नासाथ सरकारले पूर्णता पाउने बताउनुभएको छ । सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ प्रधानमन्त्री दाहाललाई आज सिंहदरबारमा बुझाउँदै अध्यक्ष ओल�. . .


स्थानीय तहले लिँदै आएको जन्म, मृत्यु, विवाह दर्तालगायतका सबै शुल्क सरकारले हटाउने

काठमाडौँ । सरकारले स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउने भएको छ । जन्म, मृत्यु, विवाह दर्तालगायतका सबै नियमित कामका लागि लिइँदै आएको शुल्क हटाउने सरकारको योजना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्. . .


को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारी ?

गण्डकी । गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित बन्नुभएका अधिकारीलाई संविधानको धारा, १६८(२) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान. . .


फाइजर खोपको अभावले सास्ती

काठमाडौँ । कोभिड–१९ विरुद्धको जोनसोन एन्ड जोनसोन खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) फाइजर खोप सकिएको छ । फाइजर खोपको बुस्टर (अतिरिक्त मात्रा) सकिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने सेवाग्राही निराश भएर फर्किन बाध्य भएका छन् । वैदेशिक रोजगारका लागि कोरिया जाने प्रक्रियाका �. . .


चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशन/सम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशन/सम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ र एमाले जनसङ्गठन समन्वय संयन्त्रको सहसंयोजक रचना खड्काका एमालेमा राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु, अखि�. . .


पचास युनिट बिजुली निःशुल्क दिने सरकारको योजना

काठमाडौँ । सरकारले गार्हस्थ्य उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । हाल सरकारले त्यस्ता उपभोक्तालाई २० युनिट बराबरको बिजुली निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । आन्तरिक रुपमा ऊर्जाको खपत बढाउने र आर्थिक विकासको कामलाई अगाडि बढाउने लक्ष्यका साथ निःशुल्क बिजुली उपलब्. . .


पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको . . .


संसद्को दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रारम्भ

काठमाडौँ । जनताको सर्वाेच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ । यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत छिनोफानो एवं आफ्ना अभिभावक सभामुख र उपसभामुख तथा राष्ट्रपति र उपराष्ट्�. . .


सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘�. . .


नेप्से परिसूचक ४७ दशमलव १५ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर रू पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ मा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ९३ अर्ब २१ . . .


बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

हेटौँडा । बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । जमकट्ट. . .