देशको खबर

जौबारीमा छोराको कुटपिटबाट मृत्यु

सिरानचोक गाउँपालिका–८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उहाँका ४० वर्षीय छोरा भुवनले कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । धापे भन्ने ठाउँमा खेतमा धान झार्ने क्रममा बुधबार विवाद हुँदा छ. . .


कोभिड प्रयोगशालाकर्मीलाई तालीम

वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम आजदेखि यहाँ शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुद्वारा आयोजित उक्त तालीममा जैविक सुरक्षा, व्यक्तिगत सुरक्षा उपकरणको परिचय, उपकरणको निर्मलीकरण, जैविक सुरक्षाको तह, नमूना सङ्कलन, ढुवानीका बेल�. . .


अब भौतिक उपस्थितिमा नियमित पढाइ

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिनुभयो । कोभिड–१९ का क�. . .


सुनको मूल्यमा रु एक हजार ६०० वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्�. . .


कछुवा गतिमा मध्यपहाडी राजमार्गको काम

पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपश्चात् विसं २०७३ देखि मात्रै कालोपत्रेका लागि ठेक्का खोलिएको दैलेख खण्डमा �. . .


यज्ञराज पौडेलको संयोजकत्वमा सूचना सञ्जाल

कास्कीको अन्नपूर्ण गाउँपालिकामा यज्ञराज पौडेलको संयोजकत्वमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन भएको छ । बुधबार गठित सञ्जालका सहसंयोजकमा निर्मला अधिकारी र सदस्य सचिवमा बाबुराम भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यमा छविराज पौडेल, टङ्कराज पौडेल, सुन्दर सुवेदी, अनुप पौडेल र मधु सुवेदी रहनुभएको छ । �. . .


जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहलुीसहित १३ घाइते

धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुल�. . .


बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?

जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ दिन्छ उही नै असल साथी हुने टीकापुरका विष्णु पाण्डे बताउनुहुन्छ । “साथीहरु धेरै हुन्छन्, हामीलाई कुन असल छ भन्ने थाहा हुँ�. . .


अश्लिल भिडियो बनाउने घटना बढेको भन्दै सचेत हुन प्रहरीको आग्रह

नेपाल प्रहरीको साइबर ब्युरोले कानूनविपरीत हुने अश्लिल भिडियोलगायतका सामग्री बनाउने, प्रसारण गर्ने गरेका घटना बढ्न थालेको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ । इन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनीय, अमार्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लिल तस्बिर, श्रव्यद. . .


हुलाकी सडकमा कमसल निर्माण सामग्रीको प्रयोग

कपिलवस्तुमा निर्माण भइरहेको हुलाकी मार्गमा निर्माण कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको पाइएको छ । शिवराज नगरपालिका खरेन्द्रपुर–शीतलापुर–भिल्मी हुलाकी मार्ग निर्माणको जिम्मा पाएको कम्पनीले सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेपछि समग्र मधेशको विकाससँग जोडिएको सडकको गुणस्तरमाथ. . .


वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइनमार्फत भुक्तानी गर्न पाउने

वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष तथा म्यादी जीवन बीमाको रकम अनलाइनमार्फत भुक्तानी गर्न पाउने भएका छन् । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युतीय माध्यमबाट स. . .


हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी खुला

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि पुन. . .