देशको खबर

नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका ठूला साना सबै नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो आँैल्याउनुभएको छ । नेपाल नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा आज उहाँले अधिकांश नगरपालिका अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेका उल्लेख गर्दै सो कुर�. . .


जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा राउत

काठमाडौँ । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सद. . .


‘हिजो स्वतन्त्र पक्षी थिएँ, अहिले जिम्मेवारीको बन्धनमा बाँधिएको छु’

काठमाडौँ । मानवअधिकार र सूचना पैरवीका क्षेत्रमा लामो समय काम गर्नुभएकी लक्ष्मी तिवारी यतिबेला विधायिकाका रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । हिजो सामाजिक अभियन्ताका रुपमा आमाको नामबाट नागरिकता दिलाउने व्यवस्थाका लागि लामो समय सङ्घर्ष गर्नुभएकी उहाँ यतिबेला भने त्यही कानुन बनाउने �. . .


‘बटमलाइन’ केही पनि छैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताउनुभयो ।. . .


सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला रु एक लाख तोकिएको छ । त्यस्�. . .


संसद् सचिवालय शपथको गृह कार्यमा

काठमाडौँ । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई. . .


गायिका टिका प्रसाईको ‘आस छ र त’ गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौँ । चर्चित गायिका टिका प्रसाईको नयाँ ‘आश छ र त’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका टिका र गायक नरेन कुलुङको स्वर रहेको म्युजिक भिडियो टिका प्रसाईको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द संगीत समेत गायिका प्रसाईकै रहेको छ । भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । �. . .


धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

जनकपुरधाम । धनुषामा सरकारी कार्यालयको नियमित सम्पर्कमा नआउने करदाताको सङ्ख्या ६६ प्रतिशतभन्दा बढी रहेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन् । कार्यालयका प्रम. . .


काठमाडौंमा भुकम्पको धक्का महसुुस

काठमाडौं । काठमाडौंमा भुक्मपको धक्का महसुुस भएको छ । आइतबार राति १० बजेर ५५ मिनेटमा काठमाडौंमा सानो धक्का महशुस गरिएको छ । विश्वकप फाइनल चलिरहेको बेला भुकम्प गएको हो । थप विवरण चाडै । फोटो:फाइल. . .


महापुरूषले घोषणा गर्‍यो ‘कार्बन तटस्थ’

काठमाडौं । प्रदर्शनको ५१औँ दिन पार गरेको चलचित्र ‘महापुरूष’ को टोलीले फरक किसिमले खुसियाली साटेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्र पहिलो ‘कार्बन तटस्थ’ चलचित्र बनेको जानकारी दिएको छ । कार्बन उत्सर्जन कटौती गर्नेतर्फ महत्वपूर्ण वातावरणीय अध्याय थालिएको सो अवसरमा बताइएको थियो �. . .


नेप्से २७ अङ्कले घट्यो

काठमाडौं । साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर २६ हजार छ सय ६१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १५ करो�. . .


सहायक प्रजिअको हस्ताक्षर किर्ते गरेर बैंकबाट पैसा झिकेको आरोपमा मानमहन्त पक्राउ

काठमाडौं । महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दासललाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रु�. . .