काठमाडौं पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ७७१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी दुई हजार २४९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्�. . .
गण्डकी कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर यहाँका पर्यटन व्यवसायी हर्षि�. . .
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आ�. . .
गोरखापत्र समाचारदाता काठमाडौँ मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दशैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्य�. . .
काठमाडौं मन्त्रिपरिषद् विस्तारका बिषयामा उत्पन्न विवादका कारण सर्वाेच्च अदालतबाट हुने न्याया सम्पादन प्रभावित भएकाे छ । विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेको छैन । अदालतका प्रवक्ता बाबुराम दाहालले दिएको जानकारी अनुसार आज सात वटा संयुक्त, र एकल इजलास तोकिएको थियो । तर, यी कुन�. . .
काठमाडौँ उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मौलि. . .
काठमाडौं मकालु आधारशिविर क्षेत्रको शेर्पेनीकोल पासमा एक डेनिस पर्यटकको मृत्यु भएको छ । कात्तिक ३ गतेदेखि अस्वस्थ भएका डेनिस नागरिक राहदानी नम्बर २०८८५२२६५ भएको हेनरिक थोर्वर्जोन एण्डरसोनको मृत्यु भएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख डिएसपी तर्कराज पाण्डेले जानकारी दिनुभयो । तीन ज�. . .
काठमाडौं कोरोना महामारीका बीचमा पनि हिउँद मौसममा पर्वतारोहीको विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पर्यटन विभागको तथ्याङकअनुसार ६४ आरोहणदलबाट २३ वटा हिमाल आरोहणका लागि ४१८ पुरुष र ९२ जना महिला गरी ५१० जना आरोहीले अनुमति लिएका छन् । यीमध्ये सबैभन्दा धेरै मनास्लु हिमालका लागि १९३ जनाले आरोहण �. . .
काठमाडौं भगवान बुद्धको भनाइ अनुसार “नमिठो बोली पशुलाईसमेत मन पर्दैन ।” त्यसकारण हामी सबै मानिसहरु सभ्य भाषाको प्रयोग गर्नुपर्ने हुन्छ । सुरक्षा निकायभित्र माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई ‘तँ’ भनेर बोलाउने परम्पराको सुधार हुँदै आएको नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्ल बताउनु�. . .
गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा तीन हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पु¥याएको छ । गण्डकी प्रदेशमा एक लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालय पोखराका क�. . .
धर्बेन्द्र झा जनकपुरधाम प्रदेश नं. २ सरकारको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखसमक्ष विश्वविद्यालय स्थापना सम्बन्धी दुई वटा अध्यादेश सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको निवास मधेश भवनमा सम्पन्न भएको बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्य�. . .
मध्यपुरथिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ । आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो �. . .