देशको खबर

दसैंमा चार करोड ३९ लाखको खसीबोका बिक्री

हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका हुन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थि. . .


रक्षामन्त्री डा. रिजालद्वारा सैनिक मुख्यालयको निरीक्षण

रक्षामन्त्री डा.मीनेन्द्र रिजालले सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ । प्रधान सेनापति प्रभुराम शर्माले उहाँलाई स्वागत गर्दै नेपाली सेनालाई सरकारबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि आभार व्यक्त गर्नुभयो । सो अवसरमा रक्षामन्त्री रिजालले नेपाली सेनाले विपद् व्यवस्�. . .


थप ३९१ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको छ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा छ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख ९८ हजार ३९९ पुग. . .


चार सडकआश्रितको उद्धार

‘यसपालिको दसैँमा, कोही नरहुन् सडकमा’ भन्ने आदर्श वाक्यसहित मानवसेवा आश्रमले दसैँका बेला चलाएको अभियानका क्रममा चार सहयोगापेक्षी सडकआश्रित मानिसको उद्धार गरिएको छ । यहाँस्थित आश्रमकी संयोजक सुमिरा लामाका अनुसार दुई दिन चलेको उद्धार अभियानमा छ जनाको उद्धार गरिए पनि दुई बालक पछि आश्रमबाटै भागेका छ. . .


करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै

पाल्पा, ३१ असोज:पाल्पालीको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् । सीप र पुँजीको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेका पाल्पाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुँदै गएका हुन् । पाल्पाली करुवा उद्योगको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन थालेपछि यस�. . .


सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपा. . .


अनुगमन संयन्त्र अभावमा निर्माणाधीन पुल अलपत्र

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन काठेखोला गाउँपालिका–७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ । वन क्षेत्रमा परेको जनाउँदै मुद्दा पर्नु र ठेकेदारले समयमै काम नगरेकाले पुलको काम अगाडि बढ्न नसकेको बताइएको छ । यो पुलको पिल्लर ठड्याउने स्थानमा सामुदायिक वनको जग्गा पर्छ । मुद्द�. . .


पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), ३१ असोज:पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थालेका छन् । आयुर्वेद औषधिमा विश्वास कम गर्ने र मेडिकल तथा अन्य अस्पतालमा सेवा लिन धाउने बिरामी हिजोआज आयुर्वेद औषधालयमा सेवा लिने गर�. . .


चालीस उद्योग स्थापनाको तयारी

काभ्रेपलाञ्चोक । लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ। पाँचखालम�. . .


ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेक�. . .


मूर्ति निर्माणका लागि धातुको अभाव हुदैँ

कञ्चनपुर, ३१ असोज:भीमदत्त नगरपालिका– ८ भम्केनीधाम(तिलाचौर) क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ ।धातुको अभाव हुन नदिन सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । समितिका अध्यक्ष क�. . .


मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका–२ का पवन साहका छोरा १८ वर्षीय सुमितकुमार साहको डुबेर मृत्यु भ�. . .