देशको खबर

मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना

विराटनगर । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायु�. . .


पाँचकिलो लागुऔषध हेरोइनसहित विदेशी नागरिक पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका क्षेत्रमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार किलो ९०० ग्राम अवैध लागुऔषध हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ताञ्जानियाका नागरिक ३० वर्षीय अब्दुल्लाह अबुलिकीसहित चार जना रहेका छन् । अ. . .


प्रधानमन्त्री देउवाद्वारा बिजुक्छेँलाई समवेदना प्रकट

काठमाडौं । पत्नी शोकमा पर्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गर्नुभएको छ । बिजुक्छेँलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गर्नुभएको हो । बिजुक्छेँकी पत्नी शोभा प्रधानको क्यान्सर रोग. . .


फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरियताको १६८औँ स्थानमा थियो । नेपालले गत जेठमा कुवेतमा खेले. . .


‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा, पर्यटकलाई मुख्यमन्त्री राउतद्वारा भव्य स्वागत

जनकपुर । ‘भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १ः४५ बजेतिर जनकपुरधाम आइपुगेको हो । जनकपुरधामस्थित रेल्वे स्टेशनमा रेल आइपुगेलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग वन तथ�. . .


अदालतबाट १० लाख जरिवाना ठहर भएका खड्का पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १० लाख १२ हजार जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले विसं २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र बिगोबमोजिम रु १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर भई. . .


कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

काठमाडौँ । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आज आयोजना गरेको ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा �. . .


काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गर्नुभएको छ । एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौँलाई संसाभर चिनाउन आग्रह गर्नुभएको हो । उहाँले काठमा�. . .


कैदीबन्दीलाई कोरोनाविरुद्ध खोप

दार्चुला । जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो । यसअघि कोरोना खोप लगाउन छुटेका तथा बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको . . .


वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लियौँ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न स�. . .


बढ्न थाल्यो कोरोना सङ्क्रमण

काठमाडौँ । पछिल्लो दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । बुधबार ३१ जना र मङ्गलबार १९ जनामा सङ्क्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा दुई हजार ४९४ नमूना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त. . .


नेप्स परिसूचकको पहिरो जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.२५ अङ्कले ओरालो लागेर एक हजार ८४८.२८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०६ अङ्कले ओरालो लागेर ३६२.०९ मा ओर्लेको छ �. . .