देशको खबर

चितवनमा बाघ धपाउन पाँच राउण्ड हवाई फायर

चितवन । निगुरो टिप्न गएकी युवतीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको शव बाघले खाइरहेको अवस्था फेला परेको हो । बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको �. . .


कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु

मान्म । कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिनुभयो । विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो । स. . .


कांग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैन : नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी)बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता नग�. . .


एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड

काठमाडौं । सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उहाँहरुले नेपालमा अन्तराष्ट्रिय हस्तक्षेप हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी . . .


हाकिम होइन, सेवक भएर काम गर्नुस् : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घा�. . .


काठेपुलबाट सेती नदीमा खसेर एक किशाेरीको मृत्यु

बैतडी । काठेपुलबाट सेती नदीमा खसेर यहाँ आज एक किशाेरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका–६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन् । उनको सिगास गाउँपालिका–७ साङडा आउने क्रममा सेती नदीको पुलबाट खसेर मृत्यु भएको हो । अधिकारी रोपाइँका लागि सिगास–७ सङडा आउँदै गर्दा सेती नदी. . .


रवि लामिछानेले ग्योलेक्सी टेलिभिजन छाड्दै , प्रतिनिधी सभा चुनावमा लड्ने तयारी

विराटनगर । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् ।बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्र. . .


महिलाका लागि पहिलोपटक जलयात्रा तालिम

नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभ�. . .


अन्तर्वार्ता: राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री जनार्दन शर्मा

आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ । उद्योग क्षेत्रको विस्तार र विकासका लागि केही रणनीतिक महत्वको काम गरेको छ । नेप. . .


बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

काठमाडौँ । बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ । प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९-८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उ�. . .


सोह्र सडक योजनालाई १८ करोड बजेट

गलकोट । बागलुङ जिल्लाका १६ साना ठूला सडक योजनालाई सङ्घीय सरकारका विभिन्न मन्त्रलयबाट आगमी आर्थिक वर्षका लागि रु १८ करोड ६५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । बागलुङ–१ अन्र्तगतका १६ नयाँ तथा पूराना सडक, स्तरोन्नती, पूर्वाधार र कालोपत्रेका लागि बजेट बिनियोजन भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार त. . .


नगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा

चितवन । पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा सुरु गरिएको छ । जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पहिलोपटक सुरु गरेको हो । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी . . .