देशको खबर

राष्ट्रियसभामा बैठक : ‘स्रोत र शक्तिको न्यायोचित बाँडफाँट गरी सङ्घीयतालाई बलियो बनाऔँ’

काठमाडौं । सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सांसदहरुले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभामा दर्ता भएको सङ्घीययता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सा. . .


छ महानगरमध्ये संघीय सरकारको कम बजेट पाउनेमा विराटनगर

विराटनगर । संघीय सरकारको बजेटमा देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा कम बजेट विराटनगरलाई परेको छ । आगामी आर्थिक वर्ष २०७९-८० को लागि ६ वटा महानगरपालिकामध्ये विराटनगर कम बजेट पाउनेमा परेको हो । सरकारले ६ महानगरका लागि १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पठाएको छ । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजे. . .


पाल्पामा एक हजार आठ सय विद्यार्थीको निःशुल्क मुटु परीक्षण

पाल्पा । पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहरुको मुटु परीक्षण गरिएको छ । वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताए । शिविरमा वडा नं १ मा छात्र ४४३ र छात्रा ३९५ गरी ८३८, व�. . .


तारा एयरले पोखरा–जोमसोम एक हप्ता उडान नगर्ने

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ । एक हप्ता उडान नगर्ने एयरलाइन्सको निर्णयसँगै पोखरा–मुस्ताङको टिकट बिक्री वितरण बन्द हुने भएका छन् । त्यस्तै, बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । उडान गन्तब्. . .


ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा.किरण शाक्यले गर्नुभएको हो �. . .


दोलखाको तामाकोशी नदीकाे किनारमा एक पुरुषको शव फेला

दोलखा । दोलखाको तामाकोशी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित तामाकोसी नदि किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए । तामाकोशी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पु. . .


गुणस्तरीय शिक्षाका लागि शिक्षक सवल बनाउनुपर्छ : गिरिराजमणि पोखरेल

काठमाडौं । प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्ति छलफलका विषयमा उहाँले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक�. . .


सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

विराटनगर । सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ पुगेको छ । बुधबार भने सुन तोलामा ८०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोल�. . .


हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश १, मधे. . .


मधेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदै

जनकपुर । मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रद�. . .


ढुक्कले अझै खानेपानी पाइँदैन

बलेवा । बागलुङ नगरपालिका–६ का झण्डै एक दर्जन गाउँका बासिन्दाले हिउँदको समयमा घाँटी भिजाउने पानीको मुहान गाउँभन्दा झण्डै छ किलोमिटर टाढाको गाउँमा छ । बागलुङ नगरपालिका–७ मा रहेको तितौरे गाउँको पानी वर्षौं लगाएर यहाँ ल्याइएको हो । अहिलेभन्दा २१ वर्ष पहिले सुरु भएको पानी ल्याउने काम केही वर्षमा पूरा भ�. . .


पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ४२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ३ हजार ७ सय ५७ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रि�. . .