देशको खबर

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री शर्माले आजै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अन. . .


साउन १५ : दूधको माग उच्च

काठमाडौं । आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो । नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पु¥या. . .


राष्ट्रपतिसमक्ष अर्थमन्त्री शर्माको शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्री शर्माले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री . . .


पशुपति क्षेत्रको वाग्मती स्वच्छ बनाउन प्रशोधन केन्द्र : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुभएको छ । खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको फोहर पानी प्रशोधन केन्द्रको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले यसले विश्�. . .


आयल निगमको निजीकरण हल्ला कि यथार्थ ?

काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ पुरानै विषय हो । यो मूल्यको घटबढले पारेको प्रभावले यहाँको अरु क्षेत्रलाई पनि असर गर्ने गर्दछ । त्यसैले यो मूल्यको घटबढ सदनदेखि सडकसम्मै सधैँ चर्चाकै विषय बन्ने गर्दछ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा बहुक्षेत्रमा प्रत्यक्ष असर हुने भएकाले सामान्य . . .


एमाले केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कला, साहित्य तथा संस्कृति विभागले आज साउन १५ को अवसरमा स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम आयोजना गरी किसान संस्कृति मनाएको छ । सो अवसरमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हाम्रा चाडपर्वहरूले टाढिन लागेका सम्बन्ध ताजा बनाइराख्ने बताउनुभयो । एमालेको पार्टी �. . .


प्रेस युनियनद्वारा प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग

काठमाडौं ।लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसद्मा पेश गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । यही साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा सम्पन्न युनियनको नवौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो . . .


हिमाल दोलखाको शेयर कारोबारमा रोक

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले शेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद शेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त जानकारी दिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देश�. . .


अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट. . .


पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ सय २० जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ८ सय ४६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्�. . .


प्रभावकारी काम गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय . . .


खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आज यहाँ आयोजित ‘अन्तरदे�. . .