कञ्चनपुर । उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लाग्नुभएका उहाँले वार्षिक रु.२४ लाख आम्दानी गर्दै आउनुभएको हो । “प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु.दुई ल�. . .
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनु�. . .
सप्तरी । बाल विवाह न्यूनीकरण र लागुऔषध दुव्र्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका �. . .
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि उक्त समिति गठन गरिएको हो । पाँच सदस्यीय उक्त समित�. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय रुपमा मृत्यु भएको छ । खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु �. . .
देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या बिहिबारभन्दा झण्डै दोब्बर हो । बिहिबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार २७२ जनाले पीसीआर र छ हजार ६९९ले एन्टीजिन विधिबाट परीक्षण गरिएको स्वास्थ. . .
एशोसियशन अफ नेपाल आकीद्वारा सञ्चालित ‘कोथिना मिठो छ’ संस्था लाजिम्पाटले सुस्त श्रवण शक्ति भएका व्यक्तिलाई सांकेतिक भाषाको प्रयोगमार्फत होटल तालिम प्रदान गरेको छ । उक्त संस्थाले द ल्याप्रोसी मिसनअन्तर्गत फाउण्ड परियोजनासँगको सहकार्यमा उनीहरुको क्षमता अभिवृद्धि एवं रोजगारी प्रदानका लागि सांके�. . .
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्रि सडक खण्डबाट प्रहरीले आज ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतोलाई पक्राउ गरिएको सप्तरी प्रहरीले �. . .
नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् । प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छन�. . .
अदालतबाट रु.२६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु.२६ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज बानेश्वरबाट पक्राउ गरेको हो । ब्यु�. . .
यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ । बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्�. . .
विराटनगर । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस-जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२%) एस-जिन नेगेटिभ पत्ता लागेको छ । एस-जिन नेगेटिभ पत्ता लागे. . .