देशको खबर

दशैंको लागि भदौ २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने

 यातायात व्यवस्था विभागले दशैंको लागि भदौ २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको छ । लामो दुरीका लागि २२ गतेदेखि नै टिकट खुला हुने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । उनका अनुसार यो वर्ष दशैंमा करिब २५ लाख यात्रु काठमाडौंबाट बाहिरिने अनुमान छ . . .


१२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली

बर्दिवास । ‘माय, हम १२ पास कैलिय’ आमा मैले १२ कक्षा पास गरेँ महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने । बिहीबार प्रकाशित कक्षा १२ को परीक्षाको नतिजामा ५६ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएको खुशी मञ्जयले आमासँग साट्दै गर्द�. . .


पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन, भदौ १६ गते । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । बिहिबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि अपराह्न ४ बजेदेखि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरोका कारण चार किलोमा ५० मिटर सडक बगेपछि भित्तापट्टी ढलको क्षेत्रलाई सम्म. . .


चितवनमा ३०९ जनामा स्वाइनफ्लु संक्रमण

चितवन । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो । कार्यालयका कीट नियन्त्रण निरीक. . .


देशभर डेढ करोडले चलाउँछन् इण्टरनेट

विश्वास रेग्मी, काठमाडौँ, भदौ १६ गते । दूरसञ्चारको पहुँच व्यापक विस्तार भइरहँदा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि त्यसैअनुसार बढ्दै गएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार देशभर एक करोड ५५ लाख ५६ हजारले इण्टरनेट प्रयोग गरिरहेका छन् । यो कुल जनसङ्ख्याको ५८.७२ प्रतिशत हो । दुरसञ्चार से. . .


पन्ध्र किलो अवैध सुनसहित सातजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ ल्याएर सामाखुशीमा पेम्बा दोर्जे शेर्पाको कोठामा लुकाई राखेक�. . .


माओवादी केन्द्रका सांसद योगेन्द्रद्वारा सांसद पदबाट राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट बिहीबार राजीनामा दिएका छन् । ललितपुरबाट समानुपातिकमा सांसद् भएका उनले आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिएका हुन् । केन्द्रका प्रमुख सचेतक रेखा शर्माले . . .


टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका १० स्थित सडकमा आज टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ज ३५७२ नं को टाटा सुमो अनियन्त्रित भई सडक छेउको आँपको रुखमा ठोक्किँदा सुमोमा सवार उदयपुर कटारी नगरपालिका �. . .


नारायणगढ-मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो

चितवन,  भदौ १५ गते । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ । चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत. . .


आउँदो आइतबार सार्वजनिक बिदा

सरकारले आउँदो आइतबार (भदौ १८ गते) सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्वीको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।. . .


डिलासैनी गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा

बैतडी । डिलासैनी गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिराले समाजमा विकृृति बढेको भन्दै महिला, बालबालिकालगायत विभिन्न सरोकारवालाले आवाज उठाएपछि गाउँपालिकालाई मदिरा निशेषेधित क्षेत्र घोषणा गरिएको स्थानीय सम्भु भट्टले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष ओकेन्द्र्र बोहराको अध्यक. . .


आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका तीन हजार ५७८ मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। प्रद�. . .