देशको खबर

संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो, ९३७ को मृत्यु

काठमाण्डौं। पछिल्लो २४ घण्टामा देशभ थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । शनिबारको संक्रमित सख्ंयासँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरु�. . .


सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, अधिकांश हाेटल संचालनमा

लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत. . .


हराएका किशोरी-किशाेरीकाे शव जंगलमा फेला, दुबैले विष खाएकाे आशंका

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो । दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज. . .


विश्व शहर दिवस मनाइँदै

समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्�. . .


सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताउनुभयो । “पछिल्लो समय म. . .


जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना स�. . .


आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास �. . .


भारतमा १ लाख २१ हजार बढी संक्रमितको मृत्यु

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७३ लाख ९४ हजार व्यक्ति संक्रमणमुक्त भए. . .


होम आइसोलेशनमा ६ को मृत्यु

सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा शुक्रबार बिहान ती महिलाको होम आइसोलेशनमै मृत्यु भएको हो । भक्तपुरमा अहिलेसम्म ह�. . .


मदन भण्डारी फाउण्डेशनको क्षेत्रीय समिति गठन

मदन भण्डारी फाउण्डेशनको चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति शुक्रबार गठन भएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार एवम् अखिल नेपाल महिला संघ (अ�. . .


पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचा�. . .


विदेश छाडेर गाई पाल्छन् यि ठाँउका युवा

बागलुङ जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरी रहेको देखिनुहुन्छ । ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने भएकाले उहाँले झोलामा राखेर बोक्नुहुन्छ र झण्डै डेढ किलोमिटरको तल रहेको दुग्ध सङ्कलन केन्द्रमा पु. . .