देशको खबर

प्रतिनिधिसभा बैठकमा विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध कायमै राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेको छ । यी दुई पार्टीले बैठक सुरु हुने बित्तिकै उठेर विरोध गरेका हुन् भने विरोध हुँदाहुँदै पनि बैठक चलेको भन्दै राप्रपाले बैठक बहिष्कार गरेका हुन् । भिजिट भिसा प्�. . .


गृहमन्त्रीले भूइँमान्छेलाई तिरस्कार, आन्दोलन जारी रहन्छ : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको भूमिकामाथि आलोचना गरेका छन् । उनले भिजिट भिसाको नाममा भइरहेको संगठित मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनासमेत माग गरेका हुन् । सांसद ढकालले सदनमा बोल्द. . .


राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो संसद बहिष्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद बहिष्कार गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक विरोध हुँदा पनि चलेको भन्दै राप्रपाले संसद बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बताए । उनले भने, ‘जनताले दिएको विश्वासलाई घात नगरौं । अन्यायको महल कति दिन टिक�. . .


सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरु पुनः सञ्चालनमा

काठमाडौं । सरकारले माग सम्बोधन नगरेपनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न संयुक्त राष्ट्रिय भेलाले आन्दोलन रोक्ने निर्णय गरेपछि बिहीबारदेखि पसल पुनः सञ्चालनमा आएका छन् । महासंघले असार मसान्तसम्मका लागि अल्टिमेटम दिएको छ । व्यवसायीले सुनमा लगाइएको २५ विलास�. . .


दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

नवीन रिजाल/रासस दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थ. . .


इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङको घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गो�. . .


दुर्गम जिल्लाहरुमा ९ रुपैयाँमा नै नुन वितरण भइरहेको छ : उर्मिला श्रेष्ठ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन् । बिहीबार बसेको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नेपाल सरकारबाट दुर्गम जिल्लाहरुक�. . .


छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न छ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकला. . .


सुचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

काठमाडौं । अबदेखि सूचना प्रविधि उद्योगले विदेशमा अधिकतम १० लाख अमेरिकी डलर सम्मका परियोजनामा लगानी गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकले बुधवार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली २०७८ मा चौथो संसोधन गर्दै विदेशमा लगानी गर्न चाहने आईटी कम्पनीहरुलाई लगानी गर्ने सीमा तोकिदिएको हो । ‘विद�. . .


एमसीसी परियोजना अघि बढ्ने निश्चित, अमेरिकी दूतावासले दियो स्पष्टोक्ति

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकी विदेशी सहायता कार्यक्रममा लगाइएको ९० दिने रोकबाट हटाइएको दिएको दूतावासले स्पष्ट पारेको छ । छुट दिएपछि एमसीसी परियोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न अनुमति दिइएको जनाएको छ । अमेरिकी दूतावास, काठमाण्डौले बुधबार जारी गर�. . .


सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हँुदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्. . .


नेपाल स्काउटमा भएको अनियमितता बारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईलाई पुनःस्थापित गर्ने उद्देश्यसहित छानबिन समितिको प्रतिवेदन बुझाइएको दाबी गरेको छ । शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीका अनुसार नेपाल स्काउटभित्र देखिएको विकृति र विसङ्गति विरुद्ध आवाज उठाउँदै गरिएको आ. . .