देशको खबर

आज जैविक विविधता दिवस

काठमाडौँ । ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विव�. . .


सन्दीप लामिछानेको मुद्दामा जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले आज यसअघि मगाएको कागजमा प्रस्टता नदेखिएको उल्लेख गर्दै पुनः माग गर्ने आदेश गरेको हो । ला. . .


शरणार्थी प्रकरण : सोमबार सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी

काठमाडौं ।जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिर�. . .


नीति तथा कार्यक्रममाथि सांसदका विभिन्न सुझाव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै सांसदहरूले आफ्ना सुझाव संसद्मार्फत सरकारलाई पेस गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड, उपलब्ध स्रोतसाधनको उचित प्रयोग, सुशासन तथा भ्रष्टाचार निवारण, योजना तथा. . .


नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाइमा पुग्न सम्भव नहुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय कोटेश्वर�. . .


भूटानी शरणार्थी प्रकरण : पक्राउ परेकालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले उनीहरूलाई तीन दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीतार. . .


१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ । दश महिनाको अवधिका कूल रु १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको �. . .


कम हुँदै कोरोना भाइरस सङ्क्रमित

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र सङ्क्रमण देखिएको छ । यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गत�. . .


लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ । माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडमा पत्रकार सम्मेलनको आय�. . .


नेप्से परिसूचक उकालो यात्रामा

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ८८ अङ्कले उकालो लागेर एक हजार आठ सय ८३ दशमलव २० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १४ अङ्कले उका�. . .


जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत सङ्कलन गर्ने

काठमाडौँ । जनमत पार्टीले आफ्ना पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे-नरहेको बारे जनमत सङ्कलन गर्ने भएको छ । सो पार्टीले आज एक सूचना प्रकाशित गरी आगामी साउन ६ गते जनमत सङ्कलन गर्न लागिएको जनाएको छ । जनप्रतिनिधिको काम सन्तोजनक नरहे वा जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रण �. . .


नीति तथा कार्यक्रम यथार्थपरक छैन : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ । यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनिधि�. . .