देशको खबर

‘नारायण गोपालका तीन सपना’ पूरा गरिँदै

श्याम रिमाल/रासस काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नंको घरमा अहिले केही चालचुल हुँदैछ । नेपाली गीतसङ्गीत जगत्को एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्वलाई जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ । ने�. . .


विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा म. . .


विश्व एड्स दिवस : समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

–शरद् शर्मा / रासस काठमाडौँ । सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुम. . .


आज ३६औँ विश्व एड्स दिवस

काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन�. . .


नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुग्नुभएका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–�. . .


कर्णाली प्रदेशका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताउनुभएको छ । सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्�. . .


घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल/मट्टितेलमा प्रतिलिटर रु ४ ले �. . .


नेपाली विमानका लागि युरोपेली आकाश खुलेन

काठमाडौँ । युरोपेली सङघ (इयू) ले नेपालका विमानसेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएकोे छ । इयुले बुधबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्यससम्बन्धी पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएको हो । नियामक र सेवा प्रदायक निकाय बेग्लाबेग्लै हुनुपर्ने भन्दै इयुले नेपाली वायुसेवामाथि दशवर�. . .


भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

पूर्णप्रसाद मिश्र/रासस काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो । मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन् । ठडिएको छैन । नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रस्थित हिटी पोखरी परिसरमा रहेको धीरनाराय�. . .


दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार

काठमाडौँ । सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा क्षेत्रको विकासका लागि स्विटजरल्याण्ड �. . .


नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि निर्णय हुने

काठमाडौँ । उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो । जिल्ला अदालत काठमाडौँले सुनाए. . .


स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले न�. . .