देशको खबर

एमाले अध्यक्ष ओलीसँग गृह र कानुनमन्त्रीको भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गर्नुभएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको निवासमा भएको भेटमा नागरिकता विधेयकलाई राज�. . .


डुबेर युवकको मृत्यु

दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेखोलामा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विकको आज डुबेर मृत्यु भएको छ । माछा मार्ने क्रममा खोलामा निजको विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । विकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उच�. . .


भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो : अध्यक्ष लिङ्देन

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुमा भ्रष्टार र बेरोजगारी बढ्दै गएको आरोप लगाउनुभएको छ । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उहाँले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली कां�. . .


सङ्घीयसहित प्रदेश सरकारका बजेट : आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित

काठमाडौँ । सङ्घीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८०को विनियोजन विधेयक, २०७९ को प्रतिनिधिसभाको बिहीबारको बैठकले पारित गरिसकेको छ । राष्ट्रियसभामा पनि शुक्रबारदेखि विनियोजन विधेयकमाथिको छलफल प्रारम�. . .


जुत्ता उद्योगमा आगलागी, ६५ लाख क्षति

बलेवा । बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी भएको हो । आगलागीका कारण जुत्ता चप्पल उद�. . .


प्रधानमन्त्री देउवा धनगढीमा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी पुग्नुभएको छ । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा बस्नु भएको छ । प्रधानमन्त्री देउवाले शनिबार बिहान धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न. . .


५५ लाख बराबरको तेलसहित भारतीय ट्रक बरामद

सप्तरी । सशस्त्र प्रहरीले आज सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिनुभयो । पूर्वबाट पश्चि. . .


मङ्किपक्स आशङ्कामा गरिएको व्यक्तिमा कुष्टरोग

काठमाडौं । मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा.सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्व�. . .


संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३�. . .


हट्दैछ सुरक्षित गर्भपतनको भ्रम

रोल्पा । मुलसरी रोकामगर रोल्पा थवाङकी सामुदायिक अगुवा हुनुहुन्छ । सामुदायिक अगुवा हुनुअघि उहाँमा प्रजनन स्वास्थ्यबारे धेरै भ्रम भएकाले यस विषयमा खुलेर बोल्न लजाउने गर्नुहुन्थ्यो । सुरक्षित गर्भपतनको विषय मुलसरीका लागि लाजको विषय थियो । प्रजनन स्वास्थ्यबारे समुदायका दिदीबहिनीसँग कुराकानी गर्ने . . .


चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने

काठमाडौँ । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८०० किमी सडक क�. . .


प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौं । प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) . . .