देशको खबर

ब्राउनसुगरसहित दुई पक्राउ

झापा । झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई शनिबार इलाका प्रहरी कार्या�. . .


पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ : ऊर्जामन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गर्नुभएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रममा उहाँले विगतको तुलनामा विद्युत सस्तो भएको र खाना पकाउने ग्यासस�. . .


बर्डफ्लु भेटिएपछि सीमानाका साँगामा उच्च सतर्कता

काभ्रेपलाञ्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपाकिला–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थ�. . .


जसपा संघीय परिषद् बैठक : अध्यक्ष भट्टराईको प्रतिवेदनमाथि छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनउपर छलफल भइरहेको छ । जसपाको केन्द्रीय कमिटी बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । क�. . .


सात महिनामा झण्डै १३ अर्बको धान आयात

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ । सो अवधिमा बङ्गलादेशबाट रु.१४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानकाे बीउ आयात भएको छ । केही वर्षदेख. . .


निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नागरिकको हैसियतले कर्मचा�. . .


नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाँक्री

गोदावरी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताउनुभएको छ । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको हो । मन्त्री झाँक्रीले . . .


मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जन�. . .


शोधनान्तर घाटा दुई खर्ब ४७ अर्ब तीन करोड

काठमाडौं । कोभिड–१९ को महामारीका कारण अर्थतन्त्रले गति लिन नसक्दा मुलुकले दुई खर्ब ४७ अर्ब तीन करोड शोधनान्तर घाटा व्यहोरेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/२०७९ को सात महिनाको तथ्याङ्कमा आधारित भएर शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुस�. . .


व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात

काठमाडौं । मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ। चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा निर्यात आयात अनु�. . .


स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ। ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको ह�. . .


दुई लाख नेपाली विदेशीए, पाँच खर्ब ४० अर्ब विप्रेषण भित्रियो

काठमाडौं । देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा बढेको पाइएको हो । एक विवरणअनुसार गत माघ मसान्तसम्म कूल दुई लाख १०२ नेपाली रोजगारीको खोज�. . .