देशको खबर

संविधानले निर्देश गरेका विषय प्रदेशमा हस्तान्तरण गर्न कुनै समस्या छैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनले निर्देश गरेका विषय प्रदेशमा हस्तान्तरण गर्न सङ्घले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभएको छ । मन्त्रालयद्वारा बिहिबार आयोजित अन्तक्र्रियामा उहाँले भन्नुभयो, “आगामी नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा पनि प्रदेशसँग सम. . .


नेपाल विश्वकप छनोटमा प्रवेश

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा युएई. . .


अमेरिकी डलर र बङ्गलादेशी टाकासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार बङ्गलादेश एयरलाइन्सको उडानद्वा�. . .


नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण काठमाडौँमा सुरू

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौँ संस्करण काठमाडौँमा सुरू भएको छ । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरुआत कोरिन शर्मा निर्देशित ‘चरी’ मार्फत भयो । पैँतीस देशबाट ९५ चलचित्र सहभागी महोत्सवको उद्घाटन समारोहमा चलच�. . .


‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’

कीर्तिपुर । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो ।” दर्शकहरूले क्रिकेट हेर्न कीर्तिपुर पुग्नभएका राष्टियसभा अध्यक्ष. . .


स्ववियु निर्वाचन : आज रातिदेखि प्रचार–प्रसार रोक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिक. . .


बैतडीमा दुई मिनेटमा दुई भूकम्प

बैतडी । बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका छन् । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिनुभ�. . .


डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको छनोटमा पुग्यो नेपाल

काठमाडौँ । नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । नेपालले युएईलाई डकवर्थ लुइस नियमअनुसार ९ रनले पराजित गरेको हो । युएईले दिएको ३११ रनको विशाल लक्ष�. . .


बढिरहेका छन् ओस्कर विजेता चलचित्रका दर्शक

काठमाडौँ । विश्वकै सर्वश्रेष्ठ मानिने ओस्कर (एकेडेमी अवार्ड) को ९५औँ संस्करण सम्पन्न भएसँगै ‘एभ्रिथिङ एभ्रिह्वेयर अलएटवन्स’ चलचित्र चर्चामा छ । गत सोमबार बिहान सम्पन्न अवार्डमा यसले सर्वोत्कृष्ट चलचित्रसँगै निर्देशकमा ड्यानियल क्वान, अभिनेत्रीमा मिसेल योह, सम्पादनमा पल रोजर्स, मौलिक पटकथामा निर्. . .


प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाउन्ट ‘पिएम नेपाल’ पुनः सञ्चालनमा आएको छ । बुधबार बेलुकीदेखि सो ट्वीटर ह्याण्डलमा अनाधिकृतरूपमा प्रवेश गरी असम्बन्धित कुरा ट्वीट भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । ट्वीटर ह्याण्डलमा ‘टु फ्याक्टर अथेन्टिकेसन’लगायत स�. . .


उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको क. . .


नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५१ अङ्कले ओरालो ल�. . .