देशको खबर

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सो जानकारी दिनुभएको हो । उहाँले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्�. . .


देशका विभिन्न स्थानमा वर्षा

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुस�. . .


प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ । पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संयुक्त बैठक बस्न लागेको जानकारी दिनुभयो । प्रधानमन�. . .


सुनको मूल्यले हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। तोलामा दुई हजार ९०० रुपैयाँले बढेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको मूल्य बढेको हो । मूल्य अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यव. . .


स्ववियु निर्वाचन: मतदान जारी,१३ क्याम्पसमा चुनाव स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका नि�. . .


प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची छ । बैठकमा प्रधान. . .


चौध वर्षपछि आज स्ववियु निर्वाचन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ । निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि �. . .


यही अधिवेशनमा सङ्घीय निजामती कर्मचारी ऐन पेस हुन्छ : मन्त्री मोदी

जनकपुरधाम । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा नै सङ्घीय निजामती कर्मचारी ऐन पेस गर्ने तयारी भएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेस प्रदेश समितिको दोस्रो अधिवेशनलाई आज जनकपुर�. . .


सत्तारुढ गठबन्धनको बैठक : विधेयक र विश्वासको मतबारे छलफल

काठमाडौँ । सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा आइतबार सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । यस्तै बैठकमा सोमबार प्�. . .


स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क. . .


विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने

काठमाडौँ । नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य र�. . .


एलडिसीबाट स्तरोन्नति हुँदाका नेपालका चुनौती र गुमाउने सुविधा

काठमाडौँ । नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिपछि एलडिसीका रूपमा अहिले पाइरहेका केकस्ता सुविधाको कटौती हुन्छन् र त्यसबाट पर्नसक्ने सम्भावित असर व्यवस्थापन कसरी गर्ने भन्नेबारे निजी क्षेत्रदेखि नीतिनिर्माण तहसम्म चासो छ । ‘एलडिसी ग्राजुयसन’का लागि नेपालले पाएक�. . .