समाचार

राष्ट्रपति पौडेल कतारमा

दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल बुधबार जेने�. . .


पहिलो यू–१५ विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकूद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी ह�. . .


संखुवासभामा कालोपत्र गर्न ठिक्क पारिएको सडकमा बर्षाले क्षति

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खांदबारी-नुम सडक खण्डअन्तर्गत ठूलोढुंगा अरुणथान ४ किलोमिटर सडक मंगलबार बिहान परेको वर्षाले क्षति पुर्‍याएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको सवबेस, ग्याविन वाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक योजनाका प्रमुख सविन कोइरालाले बताउनुभयो । उहाँकाअनुसार कालोप�. . .


झापाका ६ वटा अस्पतालमा मिर्गौलाको निःशुल्क डाइलासिस सेवा

झापा- झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । विर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ । नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ । झापाका बीएन्डसी टिचिङ अस्प�. . .


अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवासहित विराटनगरमा भीएन ग्रुप एजुकेशन कन्सल्टेन्सी

विराटनगर। उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवासहित विराटनगरमा भीएन ग्रुप एजुकेशन कन्सल्टेन्सीले आफ्नो सेवा दिँदै आएको छ। विशेष गरी उच्च शिक्षा अध्ययनका लागि जान चाहने विराटनगरका विद्यार्थीलाई लक्षित गरेर कन्सल्टेन्सीले आफ्नो सेवा दिँदै आएको छ। विराटनगर -९ स्थित �. . .


विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पीआइटीबाट खटिएको प्रहरी टोली लागुऔषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो विराटनगर महानगरपालिका-१५ बाट विराटनगर- ३ का ३० वर्षीय सुनिल गडेरीलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३८ ग. . .


विराटनगरवासी भन्छन् : महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो । मे�. . .


तेस्रो प्याब्सन कप : गौतम बुद्ध, गोदावरी र सेन्टजोसेफ विजय

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन्। विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा गौतम बुद्ध स्कुलले टाइब्रेकरमा सप्तकोशी स्कुललाई ४-२ गोलले हरायो �. . .


मुख्यमन्त्री कार्कीद्वारा प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त सदस्यहरुलाई आज एक समारोह बीच शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यहरु क्रमशःकाठमाण्डौ महानगरपा�. . .


नेपालमा उत्पादित कटहर सीमावर्ती भारतीय बजारमा लोकप्रिय

जनकपुरधाम । धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्री वितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन्। नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भा. . .


प्राज्ञिक केन्द्रमा टिठलाग्दो हर्कत : अशान्त बन्दै विराटनगरको मोरङ क्याम्पस

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मंगलबार पुनः अर्को टिठलाग्दो घटना दोहोरिएको छ । क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशक डा.मोहन सुवेदीको कुर्सी रुखमा झुणडाएर विरोध गरिएको छ । प्राज्ञिक थलोमा स्नातक अध्ययनरत गर्ने विद्यार्थीले गरेको यो कार्य मर्याद. . .


सेयर बजारमा हरियाली

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरिायली छ । सेयर सूचकमा दोहोरो अंकको बढोत्तरी छ भने कारोबार रकम उल्लेख्य बढेको छ । सबै उपसमूहमा सेयरमूल्य बढ्दा सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुगेको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ । सोमबार नेप्से ८. . .