अन्तराष्ट्रिय खबर

अमेरिकामा सङ्क्रमण उच्च, एक लाख १७ हजारभन्दा बढी सङ्क्रमित थपिए

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण उच्च बनेको छ । अमेरिकामा केही समययताकै धेरै सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख १७ हजार सात सय दुई जना नयाँ बिरामी थपिएका हुन् । यो सङ्ख्या केही समययताकै उच्च हो । महामारी उत्कर्षमा पुगेका बेला अमेरिकामा दैनिक दुई लाख जनाभन्दा बढी सङ्क्रमित थ�. . .


श्रीलङ्काको क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु

एजेन्सी । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ । रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा . . .


खोप नलगाएकालाई जिम्बाबेको सार्वजनिक यातायातमा प्रतिवन्ध

एजेन्सी । जिम्बाबेमा कोरोनाभाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिवन्ध लगाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण थप फैलिन थालेपछि उच्च सतर्कता अपनाउने शिलशिलामा यस्तो नियम लागू गरिएको हो । सरकारले कोरोनाको महामारी थप फैलिन नदिनका लागि थ. . .


बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

एजेन्सी । बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहा�. . .


इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

एजेन्सी । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज�. . .


टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण

एजेन्सी । टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ । . . .


सुडानमा जातीय दंगामा परी ४८ जनाको ज्यान गयो

एजेन्सी । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ । �. . .


क्यालिफोर्नियामा जहाज दुर्घटनामा चारको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो । यहाँको स्थानीय भिसिला म्युन�. . .


अमेरिकामा राष्ट्रपति पदका पूर्व उम्मेदवार बब डोलको निधन

एजेन्सी । सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ । उहाँँ फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । राष्ट्रपति जो बाइडेनले अमेरिकाका दुई प्रमुख राजनीतिक दलका तर्फबाट डोलप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ ।उहाँले डोल ‘प्रिय मित्र’ र ‘आफूहरूको. . .


इन्डोनेसियाको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, ९ जना बेपत्ता

एजेन्सी । इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या १४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु नौ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । हिजो राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी) दिएको सामाचारअनुसार १३ जनाको मृत्य�. . .


प्रजातन्त्रवादी नेतृ सुकीलाई चार वर्षको जेल सजाय

एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । सोमवार एक अदालतले ७६ वर्षीया सुकीलाई सेनाविरुद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । उहाँमाथि भ्रष्ट�. . .


भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि

एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ । हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएक�. . .