अन्तराष्ट्रिय

स्पेनमा तातो हावाबाट ५१० को मृत्यु

स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसमम तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ ।मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री स�. . .


भारतमा ‘मङ्कीपक्स’को दोस्रो विरामी भेटियो

भारतमा ‘मङ्कीपक्स’ को दोस्रो सङ्क्रमित व्यक्ति भेटिएको छ । दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन् । केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे शहरको नेशनल इन्स्टिच्युट. . .


भारतमा एक दिनमा १६ हजार ९३५ सङ्क्रमित

भारतमा बितेका २४ घण्टामा १६ हजार ९३५ जना कोरोनाका सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । यसअघि एक दिनमा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका सो मन्त्रालयले आइतबार जनाएको थियो । भारतमा हाल एक लाख ४४ हजार २५४ जना सक्रिय सङ्क्रमित छन् । यो कुल सङ्क्रमि�. . .


युक्रेनी सुरक्षा प्रमुख बर्खास्त

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख र राज्यका केही अभियोजकलाई देशद्रोह र रसियासँग साँठगाँठ गरेको आरोपलगायत अन्य धेरै आक्षेप लगाउँदै बर्खास्त गरेका छन् । सुरक्षा सेवाका प्रमुख इभान बाकानोभ र रुसी युद्ध अपराधको अभियोग निरुपण गर्ने निकायको नेतृत्व गर्ने अभियोजक जनरल. . .


इरानमा कोभिडको सातौँ लहर

इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्। आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । �. . .


भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

भारतको संसदमा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति हु�. . .


श्रीलङ्कामा सङ्कटकाल घोषणा

श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गर्नुभएको हो । उहाँले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, . . .


सुडानको जातीय दङ्गामा परी ६५ जनाको मृत्यु

सुडानको खार्तोममा भएको जातीय दङमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ । सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, �. . .


साउदी अरबले प्रतिदिन अधिकतम क्षमतामा इन्धन उत्पादन गर्ने

साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ । शनिबार राज्यले तेल उत्पादन लाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो । साउदी अरबमा इन्धन उ. . .


इटालीमा थप ९० हजारमा कोभिड–१९ सङ्क्रमण

इटालीमा थप ९० हजारमा व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनवरी २०२० देखि इटालीमा आधिकारिक रूपमा कोभिड–१९ पुष्टि भएकाहरूको कूल संख्या दुई करोड आठ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार दुई करोडभन्दा बढी कोभिड सङ्क्रमित भएको आधिकारिक पुष्टि हुन. . .


चीनको दक्षिणपश्चिम राज्य सिचुआनमा हिमाली आँधीका कारण ६ जनाको मृत्यु, १२ जना बेपत्ता

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा आएको आँधीका कारण आइतबार बिहान ७ बजेसम्म ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् । शुक्रबारदेखि बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बेइचुआन छियाङ स्वायत्त काउन्टीमा ११० मिलिमिटरसम्म वर्षा भएको र करिब २२, ३०० मानिसहरूलाई. . .


अफगानिस्तानमा सवारी दुर्घटना हुँदा आठ मृत्यु

अफगानिस्तानको बाघलान प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै अन्य ३० जना घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । काबुलबाट यात्रु बोकेको बस शनिबार बिहान करिब २ बजे पुल–ए–खुम्री सहरनजिकै ट्रकसँग ठोक्. . .