अन्तराष्ट्रिय

कोरोनाभाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख नजिक

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३० लाख ६२ हजार पुगेका छ । कूल सङ्क्रमितमध्ये दुई करोड ४४ लाख १२ हजार निको भएका छन�. . .


२०२० भित्र ६१ करोड कोभिड–१९ खोप उत्पादन गर्ने चीनको दावी

कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीहरूले शुक्रबार गरेका छन् । विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार ओटा कोरोनाभाइर�. . .


“क्यानाडामा पनि कोभिड १९ संक्रमण दोस्रो चरणमा”

क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताउनुभएको हो । उहाँले बुधबार क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिनुभएको हो । उहाँले बुधबार यहाँको राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोध. . .


अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको सामुहिक मृत्यु

अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक यता यो नै हुनसक्ने बताइएको छ । ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता ला�. . .


भारतमा एकैदिनमा ९० हजार व्यक्ति सङ्क्रमणमुक्त

भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु सङ्क्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा सङ्क्रमणमुक्त भ�. . .


बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । सोमबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताउनुभएको हो । बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन यु�. . .


विदेशमा कमाएको पैसा मोबाइलबाटै नेपाल पठाउन सकिने

वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा प्राप्त नहुने जस्ता समस्याको समाधानहुने भएको छ । केन्द. . .


‘१ प्रतिशत सर्वाधिक धनीले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाउछन्’

विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गत�. . .


भारतमा कुल सङ्क्रमित ५४ लाख भन्दा बढी सङ्क्रमित, एकैदिन ९२ हजार ६०५

भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भार�. . .


बेलायतमा ‘सेल्फ आइसोलेसन’ नबसे १५ लाख रूपैँयासम्म जरिवाना

कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ । नयाँ व्यवस्था अनुसार ‘सेल्फ आइसोलेसन’को आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्ड (झण्डै १५ लाख नेपाली रूपैँया) सम्म जरिवाना गर्ने बताइएको छ । बेलायतमा शनिबार मात्र करिब चार हजार ५. . .


कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघ्यो

विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ९ लाख ९२ हजार ९८० पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हा. . .


भारतको पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्वद्ध नौ व्यक्ति पक्राउ

भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्वद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ । एनआईएले नौ व्यक्तिलाई पक्राऊ गरिएको बताउँदै ती सबै व्यक्ति अल कायदासँग सम्बद्ध रहेको दावी गरेको छ । एनआईएले जारी गर�. . .