अन्तराष्ट्रिय

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

लाहोर, पाकिस्तान । लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वास जन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ । लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ. . .


इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण

बेरुत, लेबनान । इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशन पछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेकोे छ । एएफपिटिभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली आक्रमण र ध्वस्त संरचनालाई टेलिभिजनबाट प्रशारण गरेको छ । सेप्ट�. . .


बङ्गलादेशः आन्दोलनका क्रममा लुटिएका छ हजार बन्दुक बरामद

ढाका, बङ्गलादेश । बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बङ्गलादेशको सेनाले दुई हजार ५०० जनालाई पक्राउ गरेको र छ हजार बन्दुक बरामद गरेको जनाएको छ । विद्यार्थी नेतृत्वको आन्दोलनको क्रममा भएको घातक हिंसा र व्यापक विरोध प्रदर्शन प्रधानमन्त्री क�. . .


गाजामा भएको इजरायली हमलामा तीन जना प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा सहरको पूर्वमा रहेको सुजयिया र उत्तरी गाजा पट्टीमा गरिएको इजरायली कारबाहीमा बुधबार तीन जना प्यालेस्टिनीको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । गाजाका चिकित्सा स्रोतले गाजा सहरको पूर्वमा रहेको सुजैयामा गरिएको आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको रिपोर्�. . .


पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

गिलगिट, पाकिस्तान । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ। उद्धारका लागि घटनास्थमा खटिनुभएका वजीर. . .


ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमपले टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र पूर्व राष्ट्रपतीय रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिने भएका छन् । नोभेम्बर ५ मा भएको चुनावबाट निर्वाचित भएका ट्रम्पले कार्यभार जनवरी २० देखि सम्हाल्ने छन् । त्�. . .


दक्षिणी चीनमा कार दुर्घटनामा ३५ जनाको मृत्यु

बेइजिङ । दक्षिणी चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुहरूलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ । सोमबार नै यो घटनाको जानकारी दिइएको थियो । तर त्यस बेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएका थिए भने सामाजिक सञ्जालबा�. . .


जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने

टोकियो । जापानले सन् २०३० को दशकको शुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक बिक्रेताहरूलाई आर्थिक वर्ष २०३० सम्ममा �. . .


अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एकको मृत्यु, १६ घाइते

वासिङ्टन । अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि मेसिनगन राखेको आरोपमा २५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको अलाबामा कानून प्रवर्तन एजेन्सीले एक समाचार विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिअन. . .


अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

वासिङ्टन । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो । पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा ‘रेड सी’ र एडेनको खाडीमा अन्तर�. . .


इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु

वासिङ्टन । गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ । उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका ना�. . .


गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा १४ जना प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार मृत्यु हुनेमा अधिकाशं महिला तथा बालबालिका रहेका छन् । खान युनिसको दक्षिणी क्षेत्र स्थित विस्थापित प्यालेस्टिनीको निवासमा भएको हमलामा उनीहरुको मृत्यु भएको नागर�. . .