शरणार्थी दिवस मनाइयो

शरणार्थी दिवस मनाइयो

विराटनगर ६ फागुण | बिश्व शरणार्थी दिबशका अवसरमा झापा र मोरङका छवटै शरणार्थी शिबिरमा सोमबार बिबिध कार्यक्रम गरिएको छ । शिबिरहरुमा भुटानी राष्ट्रियता झल्किने नाचगान सहितका साँस्कृतिक प्रस्तुती साथै र्याली समेत गरिएको थियो ।
संयुक्त राष्ट्रसंघिय शरणार्थी आयोगको आब्हानमा प्रत्येक बर्षको जुन २०लाई शरणार्थी दिबशको रुपमा मनाईदै आएको छ । शरणार्थीले यो दिन आफु शरणार्थी हुनु पुर्बको अबस्था स्मरण गर्दै आफ्नो समस्याको सम्मानजनक समाधानका लागि बिश्व समुदायलाई झक्झक्याँउने गरेका छन् । यसबर्षको बिश्व शरणार्थी दिबशको नारा शरणार्थीमा आशा जगाउनुपर्ने उल्लेख छ । नेपालमा सन् २००१ देखि २० जुनलाई बिश्व शरणार्थी दिबशको रुपमा मनाउन थालिएको हो । झापा र मोरङका शिबिरहरुमा ६५ हजारजना भन्दा बढी भुटानी शरणार्थी छन् । नेपालमा पहिलोपटक सन् १९६० को दशकमा तिब्बतीहरु शरण लिन पसेका थिए । यसैबिच राष्ट्रसंघिय शरणार्थी आयोगका अनुसार हाल बिश्वमा ७० लाख मानिसहरु शरणार्थीको रुपमा जीवन बिताइरहेका छन् । यस्तै राजनीतिक कारणले बिस्थापित हुनेहरुको संख्या बिश्वमा चार करोढ ३० लाख रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्