ग्रामथानस्थित रविहाटमा रक्तदान कार्यक्रम, ३१ जनाले गरे रक्तदान

<span class='c1'>ग्रामथानस्थित रविहाटमा रक्तदान कार्यक्रम,</span> <span class='c2'>३१ जनाले गरे रक्तदान</span>

विराटनगर । नव आरम्भ नेपाल, ग्रामथान–१ लखन्तरी मोरङको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

मंसिर ५ गते ग्रामथानस्थित रविहाटमा आयोजित कार्यक्रममा ३१ जना रक्तदाताले रक्तदान गरेका छन्। मानव जीवन बचाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन रक्तदान गर्ने रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई आयोजक नव आरम्भ नेपालले धन्यवाद व्यक्त गरेको छ।

आयोजकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता मानवीय तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्