बोनम्यारो पीडितलाई सहयोग संकलन

बोनम्यारो पीडितलाई सहयोग संकलन

धरान, २३ जेठ । बोनम्यारो रोगबाट पीडित धरान–८ की १७ बर्षीया निशा श्रेष्ठको उचारका लागि सहयोग समितिले विद्यालयहरुमा विद्यार्थीहरुसंग आर्थिक सहयोग शुरु गरेको छ । विगत ५ बर्षदेखि बोनम्यारो रोगबाट पीडित भए पनि आर्थिक अभावका कारण उपचार नगरी बस्न बाध्य भएकी थिइन् ।

उनको उपचारका लागि उनका मामा मोहन श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय निशा उपचार सहयोग समिति गठन गरिएको थियो ।

समितिले सोमबारबाट धरानका विभिन्न सरकारी एवम् निजी विद्यालयमा टोली बनाई सहयोग संकलन शुरु गरेका हो ।

समितिका कोषाध्यक्ष सुधिर प्रधानले निशाको उपचारमा हालसम्म तीन लाख रुपैया खर्च गरिसकेको बताउनुभयो ।

उहाँका अनुसार साउदीमा काम गर्ने नेपालीहरुबाट १० हजार, अमेरिकाबाट ५ हजार, सहीद स्मृति विद्यालयका शिक्षक र विद्यार्थीबाट ४ हजार २ सय, धरान–८ सुनगाभा मार्ग र गुराँसचौकलगायत टोलबासीबाट १ लाख ५ हजार ४ सय ८३ रुपैया“ सहयोग उपलब्ध भइसकेको छ ।

शहीद स्मृति माध्यमिक विद्यालयबाट २०६७ सालको एसएलसीमा सामेल भएकी निशालाई बैशाख ९ गते धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ लगिएको भए पनि प्रतिष्ठानले उपचार गर्न नसक्ने बताएको थियो ।

उनलाई २३ दिनपछि उपचार्थ भारतको लखनउमा उपचार भइरहेको र उनको अवस्थामा क्रमिक सुधार आएको उनको परिवारले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्