पत्रकार महासंगको आपत्ति

पत्रकार महासंगको आपत्ति

विराटनगर ७ जेष्ठ । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले सगरमाथा टेलिभिजनलाई दिएको अन्तर्वार्ता र त्यसलाई उद्धृत गर्दै ७ असारको नागरिक दैनिकमा प्रकाशित समाचारप्रति नेपाल पत्रकार महासंघले  गम्भीर ध्यानाकर्षण भएको बताएको छ । समाचारमा उद्धृत गरिएको ‘हामीले पत्रकार महासंघसँग वार्ता गर्यो त्यसलाई बाहिर नल्याउने कुरा भएको छ  र, महासंघको आन्दोलनको कार्यक्रम हामीसँगको वार्ताको प्रभाव हो’ भन्ने बस्नेतको भनाइप्रति महासंघ ले विज्ञपती निकाली खण्डन गरेको हो ।महासघका महासचिव ओम शर्माले मगलवार विज्ञप्ती प्रकाशित गरि आपती जनाउदै समाचार प्रती खेद ब्यक्त्त गरेका हुन । बिज्ञप्ति विराटनगर घटनाका बारेमा नेपाल पत्रकार महासंघको अडान स्पष्ट रहेको भन्दै घटनाका योजनाकार पर्शुराम बस्नेतलाई पक्राउ गर्न, उनीसहितका अभियुक्तहरुलाई आवश्यक अनुसन्धान पूरा गरी अदालतमा मुद्दा चलाउन र कडा कारबाही गनसमेत माग गरिएको छ ।  माग पूरा गराउन दबाब दिने उद्देश्यले दोस्रो चरणको आन्दोलनमा रहेको अवस्थामा भ्रम फैलाएर महासंघको आन्दोलनलाई निस्तेज पार्ने र पत्रकारहरु बीचमा फुट ल्याउने षडयन्त्र भएको महासघले ठहर गरेको समेत शर्मा द्धारा जारि विज्ञप्तीमा उल्लेख गरिएको छ ।घटनाका मुख्य योजनाकार बचाउन पटकपटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका बस्नेतसँग गोप्य छलफल हुने कुनै सम्भावना नरहने र त्यसको कुनै औचित्यसमेत नरहने समेत प्रष्ट गरिएको छ । महासघको  दोस्रो चरणको आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन अभियुक्त पक्राउ गर्न र अन्य दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई बाध्य पार्ने अभियानमा सामेल हुन सबै पत्रकारलाइ आग्रह समेत विज्ञपतीमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्