२३ जेठ, पहाडी जिल्लाहरुमा पहिलो पटक उडान भर्न सुरु गरेको बुद्ध एयरले विदेशी पर्यटकका लागि लक्षीत गरी विदेश उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबाबु बस्नेतले नेपाल पर्यटन वर्ष २०११ सफल पार्न विदेश उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो ।बुद्ध एयरले नेपालको पर्यटकीय क्षेत्र र स्थलहरुमा तत्काल ठूलो जहाज एटीआरको उडान सुरु गर्ने बताएको छ ।
पहाडी क्षेत्रमा पर्यटक बढी आवतजावत गर्ने भएकाले उडान सेवा पर्यटकका लागि लक्षीत गर्न लागिएको बस्नेतले बताउनुभयो । बुद्धले पर्यटक सङख्या बढेमा उडान सेवासमेत थप गर्ने जनाएको छ ।