भित्रिन थाल्यो गुणस्तरहिन मल

भित्रिन थाल्यो गुणस्तरहिन मल

असार १२/ धान रोपाईको सिजन संगै मोरङ्ग जिल्लामा भारत बाट गुणस्तरहिन मल भित्रीने क्रम शुरु भएको छ । नेपाली मलको तुलनामा भारतीय मल सस्तो भएपछी भारतीय गुणस्तहिन मल अवैद्ध तरिकाले खुलेआम नेपाल भित्रिन थालेका छन । मोरङ्ग जिल्लाको रंगेली, सोराभाग , मायागन्ज, डायनिया , झुर्कीया, रामचौक, कटहरी लगायतका दर्जनौ नाका हरु बाट गुणस्तरहिन रसायनिक मल भित्रीन थालेका छन । तस्करहरुले सीमावर्ती क्षेत्रमा गोदाम भाडा लिएर त्यसता मल हरु जम्मा गर्ने गरेका छन । भारतीय सीमावर्ती गाउमै उत्तपादन गरीएका गुणस्तरहिन मल हरु तस्कर हरुले राता रात गोदाममा लगेर थुर्पाने गर्दछन र ती मल हरु एक बिहानै बस तथा ट्रक मार्फत नेपालका तराईका साथै पाहाडी बजार हरुमा समेत पुर्याउने गर्दछन ।
गुणस्तरहीनको मलको प्रयोगले माटोको उर्भरा शक्ति नष्ट हुने र उत्तपादन समेत कम हुने भएकोले यस्तो मलको अवैद्ध तस्करि लाई रोक्नु जरुरी रहेको कृषी बिज्ञ हरु बताउछन । भारत बाट नेपाल भित्रीने गुणस्तरहिन मल पक्रन खोज्दा उल्टै कृषक हरुले प्रहरी थाना समेत घेर्ने गरेकोले नीयन्त्रणमा समस्या आउने गरेका प्रहरी हरु बताउछन । त्यस्ता अवैधमल पक्रन खोज्दा खेतीमा प्रयोग लागी लगेको मल समेत प्रहरीले पक्राउ गर्यो भन्दै राजनितिक गर्न खोज्ने प्रवृतीका कारण समस्या आउने गरेका छ । गत वर्ष मात्रै मोरङ्ग जिल्लामा भारत बाट आउने गुणस्तरहिन मल पक्रन खोज्दा प्रहरी र स्थानीय बासीन्दा बिच झडप समेत भएको थियो । गुणस्तरहिन मलको प्रयोगबाट किसान पनि ठगीने र उत्तपादनमा समेत ह्रास आउने भएकोले यस्ता मल हरु आउने क्रम रोक्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्