युवासघका केन्द्रिय अध्यक्ष बस्नेत प्रहरी नियन्त्रणमा

युवासघका केन्द्रिय अध्यक्ष बस्नेत प्रहरी नियन्त्रणमा

इटहरी, बिराटनगर २ असार । नेकपा एमालेको युवा सगंठन युवा संघका केन्द्रिय अध्यक्ष महेश बस्नेतलाई आज बिहान प्रहरीले इटहरी स्थित रिभरसाइट रिसोर्टबाट गिरफ्तार गरेको छ । पत्रकार खिलनाथ ढकाल माथि भएको कुटपिटको पक्षमा युथफोर्सले आज आयोजना गर्न लागेको सभामा सहभागी हुन इटहरी पुगेका बस्नेतलाई पत्रकार सम्मेलन गरिरहेको अबस्थामा प्रहरीले गिरफ्तार गरेको हो । पत्रकार ढकाल माथि भएको कुटपिटको पक्ष र बिपक्षमा आज त्यहा दुबै पक्षले सभा तथा शक्ति प्रर्दशन गर्ने तय गरेपछि अप्रिय स्थिती उत्पन्न हुन नदिन स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेका कारण युवा सघले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । अध्यक्ष बस्नेतलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र युवा सघका कार्यकर्ताबीच केहिबेर झडप समेत भएको थियो नियन्त्रणमा लिएका बस्नेतलाई अहिले प्रहरी तालिम केन्द्र बिराटनगरमा राखिएको छ । अध्यक्ष बस्नेतलाई नियन्त्रणमा लिएपछि युथफोर्सका कार्यकर्ताहरुले बिराटनगर
बजारहरुमा बन्दको आब्हान गरेका छन् । बन्दका कारण शिक्षण संस्था, बजार पसल तथा यातायात समेत बन्द रहेको बताइएको छ । यातायात बन्द गर्ने क्रममा उनीहरुले इटहरी र बिराटनगरमा एक दर्जन सवारी साधनमा तोडफोड गरि क्षती पु¥याएका छन । स्थिीतीलाई नियन्त्रण बाहिर जान नदिन अहिले त्यहां शसस्त्र प्रहरी र जनपथ प्रहरी ठुलो संख्यामा तैनाथ गरिएको छ । यसैबिच युवा संघले नियन्त्रणमा लिएका आफना केन्द्रिय अध्यक्ष बस्नेतलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

-प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्