प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने

प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने

बिराटनगर ४ असार । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुलुकका समस्या समाधानका लागी पनि खनाल नेतृत्वको सरकारले अबिलम्ब राजिनामा दिनुपर्ने बताउनुभएको छ । आज विराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरुस“ग कुरा गर्दै अध्यक्ष गच्छदारले अहिलेको सरकारले शान्ति प्रकृया र संविधान निर्माणको कार्य टुङ्ग्याउन नसक्ने भएकैले राजिनामा मागिएको पनि प्रष्ट पार्नुभयो । प्रधानमन्त्रि झलनाथले राजिनामा दिएको सात दिनमा सहमति जुट्ने भन्दै गच्छदारले बिगतमा सहमति जुट्न नसकेको हाउगुजी देखाएर मुलुकलाई अलमल्याउने काम भइरहेको टिप्पणी गर्नुभयो । एकिकृत माओवादी इमान्दार नभएकै कारण शान्ति प्रकृया नटुंगिएको भन्दै गच्छदारले शान्ति प्रकृया नटुंगिएसम्म संविधान जारी हुन नसक्ने जिकिर गर्नुभयो । माओवादी शान्ति प्रकृयामा इमान्दार नभएकै कारण दुई वर्षमा संविधान बन्न नसकेको गच्छदारको भनाइ थियो । शान्ति प्रकृयालाई टुंग्याउने कुरामा माओवादी इमान्दार नभए संविधान सभाको म्याद जति थपेपनि संविधान जारी हुन नसक्ने बताउनुभयो । एक अर्को प्रसंगमा गच्छदारले एमाललेले स्वतन्त्र पत्रकारिताको कुरा पनि गर्ने र पत्रकार माथि आक्रमण गर्ने आफ्ना कार्यकर्ताको बचाउ गर्ने जस्ता दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो । आफैं सत्ता चलाउने, आफैं दोषिलाई लुकाउने र पक्रेर देखाउन चुनौति दिने कार्य नाटकिय भएको गच्छदारले टिप्पणी थियो ।

-प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्