साथीको सम्झनामा रक्तदान

साथीको सम्झनामा रक्तदान

विराटनगर/ २० असार । मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको आफ्ना मित्र विप्लव थापाको सम्झनामा विराटनगरमा युवाहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । नेशनल वेयलफेयर सोसाइटिको नाममा युवाहरुको उक्त समुहले विराटनगरको ट्राफिक चौकमा कार्यक्रम गरि रक्तदान आयोजना गरेको हो । कार्यक्रमबाट ४२ पिन्ट रगत जम्मा भएको कार्यक्रमका अध्यक्ष चन्दन साहले बताए । गत वर्ष मोटरसाइकल दुर्घटनामा परि अरनिको कलेजका विद्यार्थी थापाको मृत्यु भएको थियो । मृतक थापा मोरङ्गका तत्कालिन डिएसपी बद्रि विक्रम थापाका छोरा थिए । उक्त समुहले नै आउदो असार २४ गते साङ्गितिक कार्यक्रम समेत गराउदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्