आउने बजेट सहमतीमा पास नहुनेः गुप्ता

आउने बजेट सहमतीमा पास नहुनेः गुप्ता

विराटनगर, असार २० । सरकारले हिजो प्रस्तुत गरेको निती तथा कायक्रमबाटै बजेट ल्याए मधेशी मोर्चाले कडा प्रतीवाद गर्ने मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकास प्रसाद गुप्ताले बताएका छन् । आज विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै गुप्ताले प्रस्तुत निती तथा कार्यक्रम  आधारभुत आवश्यकतालाई छोडेर सस्तो लोकप्रीयतामा आधारित भएकोले त्यसलाई मोर्चाले सहमती नजनाउने बताउनु भएको हो । मोर्चाले सरकार समक्ष प्रस्तुत गरेको १५ बुँदे माग प्रती निती तथा कार्यक्रमले बेवास्था गरेका कारण आउने बजेट सहमतीवाट पास नहुने उहाँले दाबी गर्नुभयो । अध्यक्ष गुप्ताले तर सरकारले निती तथा कार्यक्रमलाई बजेट प्रस्तुत गर्दा सच्याउन सक्ने भएकोले त्यतीञ्जेल मोर्चाले पर्खिने पनि जानकारी दिनुभयो । सरकार र तीन दलले जवरजस्ती माओवादी द्धन्द समाधान मात्र गरेर शान्ति र संविधान निर्माण गर्ने पक्षमा नगई वाँकी रहेको दुइ महिनाको अवधिमा तराई र लिम्बुवान सहितका क्षेत्रीय समस्याको समेत समस्या हल गर्दै जानुपर्ने उहाँले सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्