नगर क्षेत्रको बाटो व्यवस्थित गरिदिने

<span class='c1'>नगर क्षेत्रको बाटो</span> <span class='c2'>व्यवस्थित गरिदिने</span>

बिराटनगर, असार २० । नगर क्षेत्रमा हुने संभाबित दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले हाइवे क्लीयर अभियान सञ्चालन गर्ने भएको छ । ट्राफिक प्रहरीले बिराटनगरको बसपार्क देखि बरगाछी सम्म सडक नजिक राखिएका फुटपाथ पसल साउन १ गतेदेखि हटाउन लागेको हो । अभियान सञ्चालनको दिन यातायात ब्यवसायी, ट्राफिक, नगरप्रहरी, उद्योगी, नागरिक समाज लगायतको र्यालीले हाइवे क्लीयर गर्दै जाने मोरङ ट्राफिक प्रहरी प्रमुख अबदेश बिष्टले जानकारी दिनुभयो । उहाँका अनुशार सडकमा थापिने फुटपाथ पसलले नगर क्षेत्रमा दुर्घटना बढाएकाले अभियाननै सञ्चालन गरेर हटाइन लागेको हो । हाइवे क्लीयर अभियान बिराटनगरमा पहिलो पटक सञ्चालन गर्न लागिएको ट्राफीक प्रहरी प्रमुख बिष्टले दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्