पत्रकार कुटने पुर्पक्षका लागि थुनामा

पत्रकार कुटने पुर्पक्षका लागि थुनामा

विराटनगर,२२ असार । एक महिना अघि विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि ज्यान मार्ने उध्येश्यले आक्रमण गर्ने दुई जनालाई जिल्ला अदालत मोरङले बुधवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अदालतका मुख्य न्यायधिस मेघनाथ भट्टराइको एकल इजलासले घटनामा संलग्न युवा संघ विराटनगरका नगर अध्यक्ष रोहित कोइराला र सदस्य मनोज सिह राईलाई पुर्वक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।  पत्रकार महासंघ मोरङ जोहेरवाला रहेको अपहरण तथा ज्यानमार्ने अभियोगको उक्त मुद्दामा आईतवारसोमवार र मंगलवार तीन दिन लगातार वादी र प्रतिवादीका कानुन व्यावसायीहरु वीच भएको लामो वहस पछि आज मुख्य न्यायधिश मेघनाथ भट्टराईले मुलुकी ऐनको अदालती वन्दोवस्तको ११८ को २ नं र १२१ नं अनुसार उक्त्त आदेश गर्नुभएको हो । अदालतले बुधवारनै घटनाका योजनाकार भनिएका फरार अभियुक्त युवा संघ मोरङका उपाध्यक्ष पुर्शराम बस्नेतलाई पक्राउ पुर्जी जारी गरेको छ । फरार अभियुक्त्त पर्शुराम वस्नेतलाई ७ दिनभित्र पक्राउ गरि अदालतमा हाजिर गराउन पुर्जी जारी गरेको हो । "पत्रकार ढकाललाई झुक्याई वोलाएर कहाँजाने भनि जानकारी नै नदिई मोटरसाईलमा वसाएर लगि ज्यानमार्ने सम्मको कार्य गरेका रहेछन भन्ने तथ्यपुष्टि भैरहेको हुँदा पछि वुझदै जाँदा ठहरे वमोजिम हुनेगरि हाललाई प्रतिवादीहरुलाई मुलुकी ऐन अपहरण तथा शरिर वन्धक ११८ को देहाय २ नं वमोजिम पुर्पक्षकालागि थुनामा राखि कार्वाही गर्न व १२१ नं वमोजिम थुनुवा पुर्जी दिई सरकारी सिधा खानपाउनेगरि जिल्ला कारागार मोरङमा पठाई दिनु । " आदेशमा भनिएको छ । अदालतले कोशी अंचल प्रहरी कार्यालय धरानले घटनाको सम्वन्धमा गरेको छानवीन समितीको प्रतिवेदन ५ दिनभित्र झिकाएर मिसिलमा सामेल गर्न पनि जिल्ला प्रहरी कार्यालयलाई आदेश गरेको छ ।

पत्रकार आक्रमणका मुख्य योजनाकारका आरोपी युथफोर्स मोरङ अध्यक्ष तथा युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम वस्नेतलाई सातदिनभित्र पक्राउ गरि अदालतमा वुझाउन र सो मितीसम्म पक्राउ नपरे सत्तरी दिनभित्र अदालतमा हाजिर हुन आउने पुर्जी जारी गरिएको अदालतका श्रेष्तेदार भीष्म प्रसाँईले जानकारी दिनुभयो । सो समय सम्म फारार अभियुक्त्त वस्नेत अदालतमा उपस्थित नभएर स्वत अपराधि करार हुने प्रसाइले जानकारी दिनुभयो ।

प्रस्तुत मुद्दामा पत्रकारको तर्फवाट वहस गर्न पुर्व महान्यायधिवक्त्ता सर्वज्ञरत्न तुलाधर, नेपाल वार एसोसिएसनका सचिव विजय मिश्र, नेपाल वार एसोसिएनका केन्द्रिय उपाध्यक्ष सिताराम राई मोरङवारका अध्यक्ष देवेन्द्र कोईराला सहित ६७ जना कानुन व्यावासायीले वकालत नामा दर्ता गराउनुभएको थियो भने जिल्ला न्यधिवक्त्ता राज कुमार कोईराला र सहन्यायधिवक्त्त पुण्य पाठकले सरकारी वकिलको तर्फवाट वहस गर्नुभएको थियो । प्रतिवादीको तर्फवाट पनि विपुलेन्द्र चक्रबर्ती,चुणामणी आचार्य,सुरेश लाल श्रेष्ठ लगायत डेढ दर्जन कानुन व्यावसायिहरुले वहस गर्नुभएको थियो । असार १८ गते मोरङ जिल्ला अदालतमा पेशीकालागि ल्याईएका वन्दि अभिषेक गिरीमाथि अदालत परिसरमै भएको संघातिक आक्रमणको विषयमा पत्रकार ढकालले समाचार लेखेको विषयलाई लिएर उनीमाथि जेठ २२ गते राती आक्रमण भएको थियो ।

 

 

अदालतका मुख्य न्यायधिस मेघनाथ भट्टराइको एकल इजलासले घटनामा संलग्न युवा संघ विराटनगरका नगर अध्यक्ष रोहित कोइराला र सदस्य मनोज सिह राईलाई पुर्वक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

 

पत्रकार महासंघ मोरङ जोहेरवाला रहेको अपहरण तथा ज्यानमार्ने अभियोगको उक्त्तमुद्दामा आईतवार, सोमवार र मंगलवार तीन दिन लगातार वादी र प्रतिवादीका कानुन व्यावसायीहरु वीच भएको लामो वहस पछि आज मुख्य न्यायधिश मेघनाथ भट्टराईले मुलुकी ऐनको अदालती वन्दोवस्तको ११८ को २ नं र १२१ नं अनुसार उक्त्त आदेश गर्नुभएको हो ।

 

अदालतले बुधवारनै घटनाका योजनाकार भनिएका फरार अभियुक्त युवा संघ मोरङका उपाध्यक्ष पुर्शराम बस्नेतलाई पक्राउ पुर्जी जारी गरेको छ । फरार अभियुक्त्त पर्शुराम वस्नेतलाई ७ दिनभित्र पक्राउ गरि अदालतमा हाजिर गराउन पुर्जी जारी गरेको हो

 

,पत्रकार ढकाललाई झुक्याई वोलाएर कहाँजाने भनि जानकारी नै नदिई मोटरसाईलमा वसाएर लगि ज्यानमार्ने सम्मको कार्य गरेका रहेछन भन्ने तथ्यपुष्टि भैरहेको हुँदा पछि वुझदै जाँदा ठहरे वमोजिम हुनेगरि हाललाई प्रतिवादीहरुलाई मुलुकी ऐन अपहरण तथा शरिर वन्धक ११८ को देहाय २ नं वमोजिम पुर्पक्षकालागि थुनामा राखि कार्वाही गर्न ,व १२१ नं वमोजिम थुनुवा पुर्जी दिई सरकारी सिधा खानपाउनेगरि जिल्ला कारागार मोरङमा पठाई दिनु ।,, आदेशमा भनिएको छ ।

 

अदालतले कोशी अंचल प्रहरी कार्यालय धरानले घटनाको सम्वन्धमा गरेको छानवीन समितीको प्रतिवेदन ५ दिनभित्र झिकाएर मिसिलमा सामेल गर्न पनि जिल्ला प्रहरी कार्यालयलाई आदेश गरेको छ ।

 

पत्रकार आक्रमणका मुख्य योजनाकारका आरोपी युथफोर्स मोरङ अध्यक्ष तथा युवा संघ मोरङका

 

उपाध्यक्ष पर्शुराम वस्नेतलाई सातदिनभित्र पक्राउ गरि अदालतमा वुझाउन र सो मितीसम्म पक्राउ नपरे सत्तरी दिनभित्र अदालतमा हाजिर हुन आउने पुर्जी जारी गरिएको अदालतका श्रेष्तेदार भीष्म प्रसाँईले जानकारी दिनुभयो । सो समय सम्म फारार अभियुक्त्त वस्नेत अदालतमा उपस्थित नभएर स्वत अपराधि करार हुने प्रसाइले जानकारी दिनुभयो ।

 

प्रस्तुत मुद्दामा पत्रकारको तर्फवाट वहस गर्न पुर्व महान्यायधिवक्त्ता सर्वज्ञरत्न तुलाधर , नेपाल वार एसोसिएसनका सचिव विजय मिश्र , नेपाल वार एसोसिएनका केन्द्रिय उपाध्यक्ष सिताराम राई मोरङवारका अध्यक्ष देवेन्द्र कोईराला सहित ६७ जना कानुन व्यावासायीले वकालत नामा दर्ता गराउनुभएको थियो भने जिल्ला न्यधिवक्त्ता राज कुमार कोईराला र सहन्यायधिवक्त्त पुण्य पाठकले सरकारी वकिलको तर्फवाट वहस गर्नुभएको थियो । प्रतिवादीको तर्फवाट पनि विपुलेन्द्र चक्रबर्ती,चुणामणी आचार्य,सुरेश लाल श्रेष्ठ लगायत डेढ दर्जन कानुन व्यावसायिहरुले वहस गर्नुभएको थियो ।

 

असार १८ गते मोरङ जिल्ला अदालतमा पेशीकालागि ल्याईएका वन्दि अभिषेक गिरीमाथि अदालत परिसरमै भएको संघातिक आक्रमणको विषयमा पत्रकार ढकालले समाचार लेखेको विषयलाई लिएर उनीमाथि जेठ २२ गते राती आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्