‘हाम्रो टिम’ विराटनगरमा

‘हाम्रो टिम’ विराटनगरमा

विराटनगर/ २३ असार । सर्च फर कमन ग्राउण्डको प्रायोजन तथा एभि पिक्चर्सको निर्माणमा तयार गरिएको टेलि सिनेमा ‘हाम्रो टिम’ले आज विराटनगरमा युवाहरुसँग अन्तरक्रिया गरेको छ । पत्रकार महासंघको सभाहलमा भएको उक्त कार्यक्रममा ‘हाम्रो टिम’ को चौथो र पाँचौ भाग समेत देखाइएको थियो भने त्यस पश्चात युवाहरुले ‘हाम्रो टिम’का कलाकारहरुसँग छलफल समेत गरेका थिए । कार्यक्रममा ऋचा शर्मा (सिमा), सौरुअम राज तुलाधर (रिकि), घनश्याम कुमार मिश्र (चन्द्रकान्त) लगायतका कलाकार सहभागी भएका थिए । कार्यक्रममा युवाहरुले ‘हाम्रो टिम’ बारे छलफल गर्नुका साथै कलाकारहरुसँग व्यक्तिगत अनुभव लगायतका विषयवस्तुहरुमा समेत कुराकानी गरेका थिए ।

आजको कार्यक्रम ‘हाम्रो टिम’को प्रवद्र्धन यात्राको क्रममा गरिएको ‘हाम्रो टिम’को प्रतिनिधि प्रकाश लुईटेलले बताए । यस्तै कार्यक्रम पुर्वाञ्चलको धरान र इटहरीमा समेत राखिएको लुईटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्