कल्याणकारी कोषबारे विराटनगरमा कार्यक्रम : कोषमा २ अरब २० करोड, परिचालन शुन्य

कल्याणकारी कोषबारे विराटनगरमा कार्यक्रम : कोषमा २ अरब २० करोड, परिचालन शुन्य

विराटनगर-२४ असार ।  उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी तथा मजदुरवर्गको हकहित, सुविधा,  सुरक्षाका लागि व्यवस्था गरिएको राष्ट्रियस्तरको कल्याणकारी कोषबारे आज विराटनगरमा अन्तरक्रियात्मक गोष्ठि आयोजना गरिएको छ । कार्यक्रमका उद्घाटन प्रमुख अतिथिका रुपमा कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयका सचिव दिनेश हरी अधिकारीले पानसमा दियो बालेर गरेका थिए । कार्यक्रममा अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी, उद्योग संगठन मोरगंका अध्यक्ष दिनेश गोल्छा लगायत रहेका थियो । राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा कोष तथा त्यसको सञ्चालनका बारेमा वक्ताहरुले आ–आफ्नो विचार तथा सुझाव व्यक्त गरेका थिए । उद्योग संगठन मोरगंका अध्यक्ष गोल्छाले आफ्नो मन्तव्य राख्दै कोषको रकम राम्रो सँग व्यवस्थित नभए विकृति आउन सक्ने बताए । उहाँले कोष सञ्चालनका लागि सुझाव दिदै कोषको रकम श्रमिक अस्पताल निर्माण, सिप तथा क्षमता अभिवृद्धि गर्ने तालिम केन्द्र स्थापना, मजदुरहरुको बिमा लगायतका कार्यक्रममा खर्च गर्नु पर्ने बताए ।

राष्ट्रियस्तरको कल्याणकारी कोषको स्थापना वि.सं.२०५६ सालमा भएको थियो । हालसम्म यस कोषमा २ अरब २० करोड भन्दा बढि रकम जम्मा भए पनि त्यो रकम हालसम्म परिचालन भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्