निजामती कर्मचारी आन्दोलित , माग पुरा नभए पेन डाउन

निजामती कर्मचारी आन्दोलित , माग पुरा नभए पेन डाउन

विराटनगर/२४ असार । निजामति कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ्गमा दबाव मुलक कोण सभा गरेका छन् । विभिन्न सात बुँदे माग राखि मोरङ्गका पाँच निजामति कर्मचारी संगठनको आयोजनामा सम्पन्न उक्त कोणसभा आयोजना गरिएको हो । उनीहरुले संविधान जारी गर्नु पर्ने, निजामती सेवा ऐनमा विभेदपुर्ण रुपमा रहेको दफा २४ घ १ अनुसार बढुवा भका कर्मचारीहरुलाई राष्ट्रिय स्तरका ट्रेड युनियनहरुले पेश गरेका सुझाव अनुसार समायोजन गरिनु पर्ने लगायतका मागहरु राखेका छन् । आन्दोलनका आगामी कार्यक्रमहरु सार्वजनिक गर्दै नेपाल निजामति कर्मचारी युनियनका जिल्ला कार्य समिति मोरङ्गका सचिव विमल अधिकारीले आउदो ३० गतेको बजेटमा मागहरु सम्बोधन नभए १ गते देखि पेन डाउन गरिने र क्रमश आन्दोलन चर्काउदै लगिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्