एसएलसी परिक्षापत्र काण्डबाट पोखरेललाई सफाई

एसएलसी परिक्षापत्र काण्डबाट पोखरेललाई सफाई

विराटनगर,२४ असार । यस बर्षको एसएलसि परिक्षामा प्रश्न पत्र आउट गरेको आरोप लागेका स्टार वोर्डिङ स्कुलका प्रिन्सीपल उद्धव पोखरेललाई शुक्रवार अदालतले सफाई दिएको छ । प्रश्न पत्र बेचेको आरोप लागेका केन्द्राध्यक्ष डां उद्धव पोखरेललाई जिल्ला अदालत मोरङले सफाई दिएको हो । जिल्ला अदालत मोरङका मुख्य न्यायधिष मेघनाथ भट्टराईको एकल इजलासले पोखरेललाई सफाई दिएको हो ।

त्यसैगरी सोही अभियोग लागेका सहायक केन्द्राध्यक्षद्वय रवि रोक्का र डिल्ली पोखरेल, निरिक्षक विपिन भगतलाई पनि सफाई दिएको छ । विराटनगर १७ स्थित स्टार वोर्डिङ केन्द्रबाट पहिलो दिन अंग्रेजी विषयको प्रश्न पत्र  परीक्षा शुरु हुनु भन्दा  अगावै वाहिरिएको थियो । विराटनगर स्थित एक्सल एकेडेमीमा परिक्षा शुरु हुनु भन्दा १५ मिनेट अगाडी प्रहरीले छापा मारी फोटोकपी गर्दै गरेको अबस्थामा प्रश्न पत्र भेटेको थियो । प्रश्नपत्र बाहिरिनुमा आरोपितहरुको संलग्नता नदेखिएको भन्दै अदालतले सफाई दिएको हो ।

अदालतमा प्रतिवादीको तर्फबाट अधिवक्ताहरु लिलाबल्लभ अधिकारी, भरत बहादुर थापा, रुपेश कोइराला, पुनम गुप्ता, बबिता सुवेदी, दुर्गा प्रसाद पोखरेल लगायतले बहस गर्न भएको थियो । अभियोगमा सरकारकातर्फबाट यस वर्षको प्रवेशिका परिक्षामा विराटनगर स्थित स्टार बोर्डिङ स्कल र ग्रिनल्याड एकेडेमी केन्द्रहरुबाट प्रश्नपत्र बाहिरीएको आरोप लगाईएको थियो । सम्मानीत अदालतले प्रश्नपत्र फेला पारेको एक्सल एकेडेमी कोचिङ्ग सेन्टरका संचालक मनिष सोनी स्वर्णकारलाई भने रु. २५०००।जरीवाना तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्