दण्डहिनता र राजनितिको सम्बन्धमा युवाहरुद्वारा अन्तरक्रिया

दण्डहिनता र राजनितिको सम्बन्धमा युवाहरुद्वारा अन्तरक्रिया

विराटनगर/२५ असार । देशमा बढ्दो दण्डहिनता र राजनितिक अवस्थाको बारेमा युवाहरुलाई सजग गराउने उद्देश्यका साथ विराटनगरमा आज दण्डहिनता र राजनिति विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा पत्रकार नवराज कट्टेलले युवाहरुसँग उक्त विषयबारे छलफल गर्नुका साथै दण्डहिनताको असर र हालको राजनितिको अवस्था बारेमा कुराकानी गर्नु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै ‘आग्रह पुर्वाग्रह भन्दा माथि उठि क्षमताको कदर गर्ने संस्कृति बसाल्नु पर्ने बताउनु भयो । कार्यक्रममा सहभागी युवाहरुले देशमा दण्डहिनता हुनको कारण, त्यसबाट उब्जिएको समस्या र समाधान लगायत विषयमा छलफल गरेका थिए । अन्तरक्रिया सँगसँगै आयोजक सँस्था युवा अभियानले ‘नागरिक सरोकार कार्यशाला’ समेत आयोजना गरेको थियो । उक्त कार्यशालाको सहजीकरण बसन्त अधिकारीले गरेका थिए । कार्यक्रम पत्रकार महासंघ मोरङको सभाहलमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्