गर्मीको मौसम लागेसँगै विराटनगरमा डान्सपार्टि जम्न थाले

गर्मीको मौसम लागेसँगै विराटनगरमा डान्सपार्टि जम्न थाले

विराटनगर २५ असार । हप्तै पिछे जस्तो हुने डान्सपार्टिमा अहिलेका युवायुवतीहरु जम्न थालेका छन यस्तै मेसोमा विराटनगरमा शनिवार विराटनगर जेसिजले आयोजना गरेको सुर्य रिदम नाइटस डान्सपार्टिमा  पनि युवायुवतीहरु त्यसैगरि जमेका थिए । प्रत्यक वर्ष सुर्य टोवाको कम्पनीले एसपोन्सर गदै आएको डान्सपार्टिमा  विराटनगरका युवायुवतीहरु जमेका हुन । विराटनगरमा बढदै गएको गर्मीको समेत पर्वाह नगरि विराटनगरका कलेजका युवा युवतीहरु पर्टिमा जमेका हुन । पसिनाले निर्थुक भीजेका युवा युवतीहरु गर्मी भन्दा पनि हटगीतहरुमा नाचनमा नै ब्यस्त देखिन्थे । विराटनगर जेसिजले फण्ट कलेक्सनकालागी डान्सपार्टिको आयोजना गरेको विराटनगर जेसिजका अध्यक्ष रोसन कुमार धौवडेलले बताउनुभएको छ, सनिवार विदाको दिन भएकाले पनि दिउसैदेखि युवायुवतीहरु डान्समा झुमेका थिए । विराटनगरको नमसकार होटलमा भएको सुर्य रिदम नाइटस डान्सपार्टिमा इभेन्टस ब्यबस्थापन पार्टि नेपालले गरेको थियो भने डिजे पल्लो, रेनेसा राइ र पल्लबी ढकालले कार्यक्रमलाइ तताएका थिए,  विभीन्न गीतहरुमा सहभागी युवायुवतीहरुले मन फुकाएर नाचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्